बुटवल,पुस २७ ।
भिजन लुम्बिनी लिमिटेडको बुटवलमा सम्पन्न नवौँ साधारणसभाले पुनः जगतबहादुर पोखरेलको अध्यक्षतामा नेतृत्व चयन गरेको छ । साधारणसभाले संचालक समितिमा कुलबहादुर केसी, गिरिप्रसाद गैरे, कुशव कुवर, मोहनलाल जोशी, महाप्रसाद सुवेदी, शिवप्रसाद पाण्डे, राजिब गौतम, कमला पोखरेल शर्मा पराजुली, प्रकाश पौडेल र टेकराज रेग्मी सर्बसहमत निर्वाचित भएको निर्वाचन अधिकृत महेन्द्र पाण्डेले बताउनुभयो ।
उद्घाटन सत्रमा बोल्दै अध्यक्ष पोखरेलले भिजनले सामुहिक संबृद्धिका लागि लगानी भन्ने नारालाइ स्थापित गर्दै अघि बढेको बताउनुभयो । उहाँले भिजनले पोखरामा २५ मेगावाटको जलबिद्युत परियोजना सफलतापूर्वक निर्माण सम्पन्न गरेर बिजुली बाल्न सफल भएको समेत जानकारी दिनुभयो ।
आगामी दिनमा ट्रमा सेन्टर निर्माण,एकिकृत कृषि ,सौर्य उर्जा उत्पादन,बिद्युत आयोजनाहरुको सर्बेक्षण तथा निर्माण अनुमति लिने,उत्पादनमुलक कम्पनीहरु संचालन गर्ने योजना रहेको जानकारी दिनुभयो । सो अवसरमा अध्यक्षको प्रतिवेदन र लेखापरिक्षकको प्रतिबेदन पारित गरिएको छ ।
कार्यक्रममा उत्कृष्ट योगदान गर्ने लगानीकर्ता,कर्मचारी,पत्रकार जीवन भण्डारी र कपिल ज्ञवालीलाइ नगद तथा सम्मान पत्र तथा सहयोगीहरुलाइ सम्मानपत्रले सम्मान गरिएको छ ।
यसैबिच आजै भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको पाँचौं र छैटौं वार्षिक साधारणसभा पनि आजै सम्पन्न भएको छ । बुटवलको कालिकानगरमा रहेको दियालो फुडल्याण्डमा भएको समधारणसभा जगतबहादुर पोखरेललाइ संचालक समितिको अध्यक्षमा निर्बाचित गरेको छ । संचालक समितिमा सुदिपसिंह अधिकारी,बमबहादुर गुरुङ,हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ,राजेन्द्र अधिकारी र नेहा अग्रवाललाइ चयन गरेको छ ।
त्यसैगरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पास गरेको छ ।
सो अवसरमा बोल्ने बक्ताहरुले भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले छोटो अवधिमै उत्कृष्ट काम गरेको भन्दै सामुहिक लगानीले आर्थिक समृद्धिको ढोका खोल्ने बताएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)