Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भिजन लुम्बिनी : नवौँ वार्षिकोत्सवमा रक्तदान तथा गौशालामा सहयोग प्रदान

भिजन लुम्बिनी : नवौँ वार्षिकोत्सवमा रक्तदान तथा गौशालामा सहयोग प्रदान

  • 2.1K
    SHARES

  • भिजन लुम्बिनी : नवौँ वार्षिकोत्सवमा रक्तदान तथा गौशालामा सहयोग प्रदान

    बुटवल, जेठ १० ।

    भिजन लुम्बिनी लिमिटेडले नवाैँ वार्षिकोत्सवको अवसरमार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा ५१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक रिजन कुमारी बज्राचार्यले जानकारी दिनुभयो ।

    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै पाण्डेयले बुटवल उपमहानगरपालिका भित्रका जनताको लागि निशुल्क रगतको व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

    भिजन लुम्बिनी लिमिटेडका अध्यक्ष जगत बहादुर पोखरेलले संस्थाको समाजिक उत्तरदायीत्व अन्तरगत कर्मचारी तथा सर्वसाधारणको सहभागीतामा कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । यसैबिच लिमिटेडले बुटवल ७ रामनगरमा बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको गौशालामा ५२ हजार बराबरको सामाग्री सहयोग गरेको छ । 

    भिजन लुम्बिनीको बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा प्रधान कार्यालय रहेको छ ।blood.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology