Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ट्रष्ट माइक्रो इस्योरेन्स : २ करोड ६४ लाख रूपैयाँ खुद ब्याज आम्दानी

ट्रष्ट माइक्रो इस्योरेन्स : २ करोड ६४ लाख रूपैयाँ खुद ब्याज आम्दानी

  • 822
    SHARES

  • ट्रष्ट माइक्रो इस्योरेन्स : २ करोड ६४ लाख रूपैयाँ खुद ब्याज आम्दानी

    काठमाडौं,जेठ ३ ।

    ट्रस्ट माइक्रो इस्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार चालू आवको चैत मसान्तसम्म कम्पनीले २ करोड ६४ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

    गत आवको यसै अवधिसम्म ६ लाख ३८ हजार रूपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको कम्पनीको यस वर्ष करीब ४०४८ प्रतिशतले खुद ब्याज आम्दानी वृद्धि भएको हो। यद्यपि गत वर्ष १ करोड १४ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीको यस वर्ष भने खुद नाफा ६७.५८ प्रतिशतले घटेर ३७ लाख २३ हजार रूपैयाँमा झरेको छ।

    यस वर्ष कम्पनीको कुल आम्दानी करीब २०० प्रतिशतले बढ्दा कुल खर्च भने ५६४ प्रतिशतले बढेको छ। कुल आम्दानी २ करोड ८२ लाख रूपैयाँबाट बढेर ८ करोड ४० लाख पुग्दा कुल खर्च १ करोड १८ लाख रूपैयाँबाट बढेर ७ करोड ८७ लाख रूपैयाँ पुगेको छ।

    चुक्ता पूँजी ५२ करोड ५० लाख रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा साढे ५ लाख रूपैयाँ, जगेडा कोषमा ४८ लाख रूपैयाँ र स्पेशल रिजर्भमा ५४ लाख रूपैयाँ सञ्चिति रहेको छ।trust-micro-q3.jpg

    कम्पनीको प्रतिशेयर आम्दानी गत वर्ष २.१९ रूपैयाँ रहेकोमा चालू आवमा १.४८ रूपैयाँले घटेर ०.७१ रूपैयाँमा झरेको छ।

    यी समाचारहरु पनि हेराैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology