Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा,केन्द्रिय कार्यालय तिलोत्तमामा

ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा,केन्द्रिय कार्यालय तिलोत्तमामा

  • 2.0K
    SHARES

  • ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा,केन्द्रिय कार्यालय तिलोत्तमामा

    बुटवल,चैत्र ८ ।

    रुपन्देहीमा केन्द्रिय कार्यालय रहनेगरि ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा आएको छ । रुपन्देहीको तिलोत्तमा २ जानकीनगरमा शुक्रबार माइक्रो इन्स्योरेन्सको एक समारोहका बिचमा उद्घाटन गर्न लागिएको बिहिबार पत्रकार सम्मेलन मार्फत् संस्थाका अध्यक्ष जगत पोखरेलले बताउनुभयो ।

    चुक्तापूँजी ७५ करोड रुपैयाँ रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले निर्जीवन बीमाको काम गर्ने उहाँको भनाइ छ । मध्यम वर्गका नेपाली, साना तथा मझौला व्यवसायीहरुलाई बीमाको मूल धारमा ल्याउने र उनीहरुको सम्पत्तीमा दैवीप्रकोप, आकस्मिकजन्य दुर्घटनाबाट हुने हानी, नोक्सानी, तथा जोखिमलाई न्यूनिकरण गर्न सघाउने उद्देश्यका साथ माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा ल्याइएको पोखरेलको भनाइ छ ।

    ‘हामी लुम्बिनी प्रदेशको रुपन्देही बुटवललाई आर्थिक राजधानी बनाउन चाहन्छौँ,कुरा गरेर मात्रै आर्थिक राजधानी हुँदैन त्यसैले हामीले काम गर्न आएका हौँ,हामी स्थानीय नै भएका कारण थप सहज हुने बिश्वास लिएका छौँ ।’ उहाँले भन्नुभयो ।

    माइको इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा व्यवसाय अन्तर्गत लघु मीटर बीमा, लघु सम्पत्ती बीमा, लघु सेंधमारी तथा नकवजनी बीमा, लघु घर बीमा, लघु सामुद्रिक बीमा, लघु व्यक्तिगत दुर्घटना बीमा,लघु सामुहिक दुर्घटना बीमा, कृषि तथा पशुपंक्षी लघु बीमा लगायतका श्रीमा व्यवसाय गरी सर्वसाधारणलाई भैपरी आउने दुर्घटनाजन्य तथा दैवी प्रकोपजन्य हुने हानी नोक्सानीमा राहत दिने उद्देश्यका साथमा आएको कम्पनीको भनाइ छ ।

    दुर्गम वस्तीमा नेपालीहरुलाई बीमाको मुलधारमा ल्याउन र उनीहरुको सम्पत्तीको संरक्षणमा बीमाको पहुंच पुर्याउने काम थालिएको जनाइएको छ ।
    संस्थाले यहि फागुन २७ गतेबाट निर्जीवन बीमा व्यवसाय सुरु गरिसकेको ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगानाले बताउनुभयो । उहाँले भन्नुभयो—‘कारोबार सुरू भैसकेको छ अब राम्रो होइन, बहुत राम्रो गर्छाैं, ४ वटा निर्जीवन लघुबीमा कम्पनीमा एक नम्बरमा आउँछौं ।’

    सो अवसरमा संचालक नवराज न्यौपानेले पालिकारुसंगको समन्वय र सहकार्यमा काम अघि बढ्ने बताउनुभयो ।कृषि क्षेत्रलाइ नै प्राथमिकतामा राखिएको बताउनुभयो । पत्रकार सम्मेलनमा गोबिन्द लामिछाने,नारायण न्यौपाने,विश्व जंग थापा ,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल ,मनोज भट्टराइ लगायतले बोल्दै सेवाग्राहीको मन जितेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।ट्रष्टले शुक्रबार दिउसो १ बजे शुभारम्भ पछि बेलुका भने रुपन्देहीका १६ पालिका यस यसक्षेत्रका अन्य जिल्लाका पालिकाका प्रमुख -उपप्रमुख तथा कार्यकारी अधिकृतको सहभागितामा नेपाल बीमा प्राधिकरणले नै सहजीकरण गर्नेगरि अन्तरक्रिया समेत आयोजना गरेको छ ।

    लघु बीमाले बढिमा ५० लाख सम्मको मात्रै बीमा गर्न पाउदछन् । बीमा क्षेत्रमा २६ वर्ष लामो अनुभव संगालेका ढुंगानाले साविक नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्सबाट बीमा क्षेत्रको यात्रा शुरु गर्नुभएको थियो । गत भदौमा माग गरेको आवेदन दिएका ३१ मध्येबाट सात वटाले लाइसेन्स पाएका थिए । जीवन बीमा तर्फ तीन वटा र निर्जीवन तर्फ चार वटाले लाइसेन्स पाएका हुन् । कम्पनीमा विभिन्न व्यवसायीक व्यक्ति सस्थामा आबद्ध ७१ जना यसका शेयर सदस्य रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology