Logo बुधवार, श्रावण १३ गते २०८३
images

ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष जगतबहादुर पोखरेलले गरे सपथ ग्रहण

ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष जगतबहादुर पोखरेलले गरे सपथ ग्रहण

  • 6.2K
    SHARES

  • ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष जगतबहादुर पोखरेलले गरे सपथ ग्रहण

    काठमाडौँ,माघ २१ ।

    ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको संचालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले आज सपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

    अध्यक्ष सिलवालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष पोखरेललाई शपथ गराएका थिए । उनले अब सन्चालक समितिका सदस्यहरूलाई सपथ खुवाउने छन। नेपालमा नयाँ ब्यवसायको रुपमा लघु विमा व्यवसाय संचालनका लागि सरकारले हरेक प्रदेशमा एउटा एउटा पर्ने गरि सात ओटा कम्पनीलाइ अनुमति पत्र प्रदान गरेको छ।

    लुम्बिनी प्रदेशको लागि ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले अनुमति पत्र पाएको हो । यसको मुख्य कार्यालय बुटवलमा राखेर चाडै नै कारोबार सुरु गर्न लागिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

    उनी माइक्रोफाइनान्स एशोसियसन अफ नेपाल, आरम्भ चौतारी माइक्रो फाइनान्स लिमिटेड र भिजन लुम्बिनी लिमिटेडका अध्यक्ष समेत हुन् । युवा ब्यबसायी पोखरेलकै नेतृत्वमा कास्कीमा भिजन लुम्बिनी उर्जा कम्पनीको जलविद्युत परियोजनाको काम धमाधम भैरहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology