Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ट्रष्ट माइक्रो इन्स्योरेन्सद्वारा नेपाली लुगा घरलाइ ३२ लाख रुपैँया बीमा दाबी भुक्तानी

ट्रष्ट माइक्रो इन्स्योरेन्सद्वारा नेपाली लुगा घरलाइ ३२ लाख रुपैँया बीमा दाबी भुक्तानी

  • 1.3K
    SHARES

  • ट्रष्ट माइक्रो इन्स्योरेन्सद्वारा नेपाली लुगा घरलाइ ३२ लाख रुपैँया बीमा दाबी भुक्तानी

    बुटवल,भदौ १३ ।

    ट्रष्ट माइक्रो इन्स्योरेन्सले माइक्रो इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा ठूलो दाबी झण्डै ३२ लाख रुपैयाँ आगलागी पिडितलाई भुक्तानी गरेको छ । इन्स्योरेन्सले गत असार ६ गते बुटवल मिलनचोकस्थित डेल्टा मार्टमा भएको आगोलागीबाट पसलमा भएको सम्पत्ती गुमाएका नेपाली लुगा घरका सञ्चालन प्रकाश भुसाललाई अग्नी दाबी भुक्तानी गरेको हो ।

    बुटवल मिलनचोकस्थित डेल्टा एजुकेशन मार्टमा सञ्चालित नेपाली लुगा घरको कूल ४० लाखको स्टक इन्स्योरेन्सको बीमा ट्रष्ट माइक्रो इन्स्योरेन्सको बुटवल अफिसबाट भएको थियो ।

    ट्रष्ट माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गानाका अनुसार नेपाली लुगा घरको कूल ४० लाखको सम्पत्ती आफ्नो कम्पनीमा गरिएको र सर्भेयरले निकालेको क्षती मूल्याङ्कनमा अनिवार्य स्वैच्छिक अधिक रकम कट्टा गरी कूल ३१ लाख ८३ हजार रुपैयाँ नेपाली लुगाघरको बैंक खातामा पठाइएको हो ।melaa.jpg

    गत आर्थिक बर्षबाट देशमा सञ्चालनमा आएका ३ ओटा निर्जिवन माइक्रो बीमा कम्पनीहरुको इतिहासमै ट्रष्ट माइक्रो इन्स्योरेन्समा परेको आगलागीको बीमा दाबी यो नै अहिले सम्मको सबैभन्दा ठूलो भएको अधिकृत ढुङ्गानाले बताउनुभयो ।

    गत आर्थिक वर्षको चैत्र ९ गतेबाट आफ्नो कारोबार सुरु गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले देशका प्रमुख शहर तथा जिल्लाहरुमा झण्डै डेढ दर्जन शाखा तथा उपशाखामार्फत माइक्रो बीमा व्यवसाय गर्दै आएको छ ।melaa.jpgट्रष्ट माइक्रो इन्स्योरेन्स पश्चिम नेपालको बुटवलमा प्रधान कार्यालय रहने गरी गत वर्षदेखिसञ्चालन भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology