Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमामा ट्रष्ट माइक्रो इन्स्योरेन्स शुभारम्भ

तिलोत्तमामा ट्रष्ट माइक्रो इन्स्योरेन्स शुभारम्भ

  • 1.4K
    SHARES

  • तिलोत्तमामा ट्रष्ट माइक्रो इन्स्योरेन्स शुभारम्भ

    बुटवल,चैत्र ९  ।

    रुपन्देहीमा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको शुभारम्भ गरिएको छ ।तिलोत्तमा २ जानकीनगरमा शुक्रबार एक समाराृेहका बिचमा माइक्रो इन्स्योरेन्सको लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै प्रदेश सांसद गिरीले आर्थिक समृद्धीका लागि मुलुकमा रोजगारी सिर्जना गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    lila giri.jpg

    उहाँले कृषि क्षेत्रलाइ अगाडी बढाउन सकेमा सहजै समृद्धीको सपना पूरा हुने दाबी गर्नुभयो । गिरीले मुलुक बनाउन राजनीतिक दलको सहि भुमिका नभएको स्वीकार्दै मुलुकमा स्थिरता जरूरी रहेको उल्लेख गर्नुभयो ।

    युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्दै अघि बढ्नुपर्ने  उहाँको भनाइ छ । उहाँले  नेपालीहरुलाई बीमाको मुलधारमा ल्याउन जरुरी रहेको भन्दै लगानी सुरक्षितका लागि पनि बीमा अनिर्बाय रहेको उल्लेख गर्नुभयो । नेपाल बिमा प्राधिकरण संचालक सन्तोष रिजालले मुलुकको अर्थतन्त्रको एक खम्बा बीमा भएको भन्दै अब फास्ट मुभरका रूपमा काम गर्न आग्रह गर्नुभयो । उहाँले धेरै अगाडीको बाटोमा आउने चुनौतीको सामना गर्दै अघि बढेर सफल बन्न आग्रह गर्नुभयो ।opening.jpg

    नेपाल बिमा प्राधिकरण सहनिर्देशक साम्भाराज लामिछानेले राम्रो कामका लागि प्राधिकरण सधै साथमै रहने बताउनुभयो प्राधिकरणका लुम्बिनी प्रमुख पुर्णबहादुर थापाले जनतालाइ सरल सेवा सहज र दाबि भुक्तानी सहज बनाएर काम गर्न सुझाव दिनुभयो ।

    संस्थाका अध्यक्ष जगत पोखरेलले चुक्तापूँजी ७५ करोड रुपैयाँ रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले निर्जीवन बीमाको काम गर्ने बताउनुभयो । अध्यक्ष पोखरेलले बीमा कम्पनीलाइ मुलुकै एक नम्बर बनाउने गरि काम हुने दाबी गर्नुभयो । उहाँले स्थानीय सरकार र प्रदेश हुँदै संघीय सरकारसँग समन्वय गरेर रूपन्देहीलाई आर्थिक हब बनाउन चाहेको बताउनुभयो । आफुहरुले आँटका साथ गरेको कामलाइ सकारात्मक रुपमा सहयोग र प्रमोसन गरिदिन समेत आग्रह गर्नुभयो ।

    ‘हामी लुम्बिनी प्रदेशको रुपन्देही बुटवललाई आर्थिक राजधानी बनाउन चाहन्छौँ,कुरा गरेर मात्रै आर्थिक राजधानी हुँदैन त्यसैले हामीले काम गर्न आएका हौँ,हामी स्थानीय नै भएका कारण थप सहज हुने बिश्वास लिएका छौँ ।’ उहाँले भन्नुभयो ।jagat pokharel.jpg

    मध्यम वर्गका नेपाली, साना तथा मझौला व्यवसायीहरुलाई बीमाको मूल धारमा ल्याउने र उनीहरुको सम्पत्तीमा दैवीप्रकोप, आकस्मिकजन्य दुर्घटनाबाट हुने हानी, नोक्सानी, तथा जोखिमलाई न्यूनिकरण गर्न सघाउने उद्देश्यका साथ माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा ल्याइएको पोखरेलको भनाइ छ । कार्यक्रममा परीक्षा नियन्त्रक तथा शिक्षाबिद् दिपेन्द्र ढकाल,साइन डेभलपमेन्ट बैँकका अध्यक्ष थानेश्वर पौडेल,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल ,मनोज भट्टराइ लगायतले बोल्दै सेवाग्राहीको मन जितेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    शुभारम्भकै दिनामा २ जनाले बिमालेख खरिद गर्नुभएको छ । निश्चल न्यौपानेको नाममा बाबु नारायण न्यौपानेले कारको बिमा , ईश्वर भण्डारीले घरको बीमा गर्नुभएको हो । यस कम्पनीमा विभिन्न व्यवसायीक व्यक्ति सस्थामा आबद्ध ७१ जना यसका शेयर सदस्य छन् । लघु बीमाले बढिमा ५० लाख सम्मको मात्रै बीमा गर्न पाउछ ।431818234_431293445938063_8727626077678164749_n.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology