Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ट्रस्ट माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा,आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित

ट्रस्ट माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा,आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित

  • 1.1K
    SHARES

  • ट्रस्ट माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा,आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित

    बुटवल जेठ ३ ।

    ट्रस्ट माइक्रो इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । रुपन्देहीको बुटवलमा  साधारणसभा भएको हो ।

    सभाले सर्वसाधारणका लागि छुट्याइएको आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सभाले आइपीओ जारी गर्नका लागि नियमनकारी निकायहरुबाट कुनै किसिमको संशोधन, फेरबदल एवं थपघट गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ ।

    सभाले प्रबन्धपत्रमा संशोधन, सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च र सञ्चालकहरुको सेवा–सुविधासम्बन्धी प्रस्ताव पारित गरेको अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो ।

    सोही सभाले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ । सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

    यी समाचारहरु पनि हेराैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology