बुटवल,भदौ २७ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडियाले गाउँ केन्द्रित मुद्धा उठाउनुपर्ने बताउनुभएको छ । पत्रकारले नेताका मात्रै समाचार होइन समाजका हरेक मुद्धालाइ ,विश्लेषण गरेर खोज अनुसन्धानमुलक समाचारहरु लेख्नपर्ने उहाँको भनाइ छ ।
रुपन्देहीको बुटवलबाट संचालित बुद्ध सामुदायिक टेलिभिजनको १५ औँ बार्षिकोत्सव तथा तीज बिशेष समारोहलाइ उद्घाटन गर्दै उहाँले मिडियाले सबैलाइ सहि बाटो देखाउनुपर्ने उल्लेख गर्नुभयो ।
‘अबको पत्रकारिता गाउँ ,रोजगार केन्द्रीत गरौँ,तपाँइहरु,गुल्मीको कफि, गुँड, पाल्पाको ढाकाको लेख्दिनुस्,किसान मजदुरका एजेण्डा उठाउनुस् । ’ उहाँले भन्नुभयो —‘हरेक चीजको प्रचारप्रसार र ब्राण्डिङमा मिडियाको रोल रहन्छ । ’
उहाँले सरकारलाइ सहि बाटोमा हिडाउँन सहि आलोचना गर्न आग्रह गर्दै सरकार हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।
प्रदेश सरकारले मिडियालाई सकारात्मक रुपमा हेरेको बताउँदै प्रदेशको विकास र समृद्धिको लागि रचनात्मक भूमिकामा रहन मिडियालाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो–‘आफ्ना घर अगाडिको बाटो बने सरकारले राम्रो गरेको हुने ,नत्र नहुने यस्तो परम्परा छ ,अब बिकासको मोडल बदल्नुपर्ने छ ,बिकास भनेको बाटो मात्रै होईन ,आर्थिक तथा मानवीय बिकास पनि हो । ’
चौधरीले बुटवललाई आर्थिक राजधानी बनाउन कन्सेप्ट पेपर बनाएर ल्याउन बुटवल उपमहानगरपालिकालाइ आग्रह समेत गर्नुभयो ।
चौधरीले मुलुकको आर्थिक विकास विना युवा पलायन रोक्न नसकिने बताउदै युवा पलायन रोक्नको लागि पनि आर्थिक विकास गर्नुपर्ने र त्यसको लागि औद्योगिक विकास गरी रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले समुदायको लगानीमा संचालित टेलिभिजन सबैको माया र स्नेहले १५ बर्ष पार गरेको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका अध्यक्ष खेलराज पाण्डेयले बुटवलको विकासको लागि प्रदेश सरकारबाट सहयोगको आशा व्यक्त गर्नुभयो । उहाँले बुटवललाइ आर्थिक केन्द्र बनाउनुपर्ने धारणा राख्नुभयो ।
सो अबसरमा प्रदेशका पूर्व मन्त्री सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशसभाले नयाँ प्रहरी ऐन र निजामती एन ल्याएको भन्दै सरकार मिडियामैत्री बन्नुपर्ने बताउनुभयो । प्रदेश सांसद जमुना ढकालले मिडियाहरु सन्तुलित समाचार दिनुपर्ने बताउँदै तीजमा चेलीबेटीले संस्कृति मनाउन होटल जाँदा पनि समाजले बिरोध गरेको भन्दै आपत्ती जनाउनुभयो ।
कांग्रेस केन्द्रिय सदस्य गंगा शाही, टेलिभिजनका सल्लाहकार रामचन्द्र ढकाल ,पूर्व अध्यक्षहरु बेनबहादुर पौडेल क्षेत्री,पृथबहादुर फौदार,उपाध्यक्ष गोपाल ज्ञवाली ,संचालन सदस्य रणबहादुर खनाल,सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्री, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे,बुटवल उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ,लगायतले बोल्दै टेलिभिजनले जनताको मुद्धा बोकेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा कलाकार शिलु भट्टराइ,दामोदर बस्याल,रितु थापा,समीक्षा गैरे,दुर्गा नेपाल,बसन्त लम्साल,बिनोद बिष्ट लगायतलका कलाकारले प्रस्तुती दिएको कार्यक्रम संचालक खेमराज रेग्मीले बताउनुभयो ।
यी समाचार पनि हेराैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)