बुटवल,भदौ १४ ।
शान्तिका लागि सञ्चार अभिायनद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजन आजबाट १४ बर्षमा प्रवेश गरेको छ ।बुटवलको राजमार्ग चौराहामा बिस २०६५ सालको श्रीकृष्ण जन्माष्टिकादिनबाट टेलिभिजनले नियमित प्रशारण आरम्भ गरेको थियो ।
सञ्चारमा मोफसलको राजधानीको रुपमा परिचित बुटवलमा स्थापित टेलिभिजनले आज एक संक्षिप्त कार्यक्रमका बिच बार्षिकोत्सव मनाएको छ ।
सोमबार पूजाआजासंगै केक काटेर बार्षिकोत्सव मनाइएको हो । सो अबसरमा बोल्दै टेलिभिजनका कार्यवाहक अध्यक्ष गोपाल ज्ञवालीले बुद्ध टिभि जनताको सच्चा सारथीका रुपमा स्थापित भएको उहाले बताउनुभयो ।
उहाले टेलिभिजनलाई लुम्बिनी प्रदेशको एक नम्बर टेलिभिजनका साथै देशकै उत्कृष्ट संचार संस्थाका रुपमा विकास गरिने प्रतिबद्धता जनाउनुभयो ।
सामाजिक उत्तरदायित्वका साथ अगाडी बढेको भन्दै ज्ञवालीले सबैको साथ र मायाले यहासम्म आइपुगेको बताउनुभयो । कार्यक्रममा संस्थाका संचालन समितिका जेबि गुरुङ,अरुण कुमार श्रेष्ठ,ऋषि काफ्ले निमित्त कार्यकारी अधिकृत विक्रम खड्का,कार्यक्रम प्रमुख खेमराज रेग्मी लगायतले बोल्दै कोरोना महामारीले चुनौती थपेको बताए ।
बर्तमान चुनौती चिर्नका लागि आगामी दिनमा रणनितिक योजना बनाएर अघि बढ्ने टेलिभिजनका निमित्त कार्यकारी अधिकृत विक्रम खड्काले बताउनु भयो । बुद्ध सामुदायिक टेलिभिजन अहिले देशभर हेर्न सकिनेगरि २४ सै घण्टा प्रसारण भैरहेको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)