Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुद्ध टेलिभिजनले गर्यो रुपन्देहीको मायादेवीमा संवाददाता कार्यशाला

बुद्ध टेलिभिजनले गर्यो रुपन्देहीको मायादेवीमा संवाददाता कार्यशाला

  • 1.4K
    SHARES

  • बुद्ध टेलिभिजनले गर्यो रुपन्देहीको मायादेवीमा संवाददाता कार्यशाला
    बुटवल कार्तिक ६ ।

    शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनले आयोजना गरको संवाददाता कार्यशाला तथाविभिन्न चार्डबाडकाे शुभकामना आदानप्रदान गरेकाे   छ  ।

    बुटवलमा प्रधान कार्यालय रहेको टेलिभिजनले लुम्बिनी प्रदेशका १२ जिल्ला र गण्डकी प्रदेशको स्याङ्गजाबाट समाचार संप्रेषण गर्ने संवाददाताहरुका बिचमा २ दिनसम्म रुपन्देहीको मायादेवी छपियामा गोष्ठी गरेको हो ।

    टेलिभिजनले प्रत्येक वर्ष सञ्चालक समिति , कर्मचारी र संवाददाताको अनुभव आदान प्रदानसँगै  कार्यदक्षता बृद्धिको लागि गोष्ठीको आयोजना गर्दै आएको छ । सो अवसरमा टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले  टेलिभिजनलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट टेलिभिजनको रुपमा स्थापित गर्न संबाददाताहरुको भुमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । उहाँले संवाददाताको गुनासो सुन्न र सम्बोधन गर्नको लागि प्रत्येक वर्ष गोष्ठीको आयोजना गर्दै आएको बताउँनुभयो ।

     सल्लाहकार रामचन्द्र ढकालले गाउँगाउँमा रहेका संवाददाताहरु नै टेलिभिजनको मुख्य मेरुदण्ड भएको बताउँदै सामुदायिक टेलिभिजनले शहर बजारका मात्र नभएर गाउँघरका खबरलाई पनि प्राथमिकता दिनु पर्ने बताउनु भयो । उहाँले सुचना सबैभन्दा ठूलो शक्ति रहेको बताउनुभयो ।
    निवर्तमान अध्यक्ष पृथ बहादुर फौदारले संचारकर्मी समाज रुपान्तरणको दर्पण भएको  र सामज रुपान्तरणमा संबाददाताहरुको भुमिका रहेको चर्चा गर्नुभयो । टेलिभिजनका कानुनी सल्लाहकार बुद्ध बहादुर थापाले संचार गृहको मेरुदण्ड संबाददाता भएपनि मेरुदण्डलाई सधै चलायमान बानउन स्वस्थ रुपमा राख्नको लागि गोष्ठी महत्वपूर्ण सावित हुन सक्ने बताउनु भयो  ।

    टेलिभिजनका कार्यकारी प्रमुख बिक्रम खड्काले टेलिभिजन देशभर २४ सैं घण्टा प्रशारणमा रहेको जानकारी दिँदै समाचारमा लुम्बिनी प्रदेशलाई मुख्य प्राथमिकता दिईएको जानकारी दिनुभयो । गोष्ठीमा टेलिभिजनका समाचार प्रमुख कपिल ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्दै समाचार शाखाको वार्षिक कार्यक्रम र मार्गचित्र र अवको कार्यभारका बारेमा सहजीकरण गर्नुभयो ।

    कार्यपत्र माथि पाल्पा संवाददाता माधव अर्याल, अर्घाखाँची संवाददाता प्रेमनारायण आचार्य , स्याङ्गजा सम्बाददाता श्रीकृष्ण सिग्देल लगायतले सुझाब सहितको टिप्पणी प्रस्तुत गरेका थिए  ।

    सोही अवसरमा  टेलिभिजनले भैरहवा संवाददाता रविन्द्र गुप्तालाई उत्कृष्ट संवाददाता घोषित गर्दै नगद ५ हजार सहित सम्मान गरेको छ ।कार्यक्रम टेलिभिजनका कार्यक्रम प्रमुख खेमराज रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा टेलिभिजनमा कार्यरत सबै कर्मचारीको सहभागिता रहेको थियो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology