Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुन: ओम ज्ञवाली

बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुन: ओम ज्ञवाली

  • 2.7K
    SHARES

  • बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुन: ओम ज्ञवाली

    बुटवल,मंसिर १७ ।

    शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा ओम ज्ञवाली सर्वसम्मत निर्वाचित हुनुभएको छ । ज्ञवालीको नेतृत्वमा दोस्रोपटक १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको हो ।

    समितिको उपाध्यक्षमा गोपाल ज्ञवाली,सचिबमा तिर्थराज पंगेनी, कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ, सहसचिबमा झपटबहादुर (जेबी) गुरुङ निर्विरोध चयन हुनुभएको छ ।

    त्यस्तै सदस्यहरुमा कमला काफ्ले, जगत पौडेल,दुर्गा नेपाल,रणबहादुर खनाल,रामबहादुर थापा,डोलराज बस्याल,घनश्याम तिवारी निर्वाचित भएको थापाले बताउनुभयो । बाँकी सदस्य भने पहिलाे बाेर्ड बैठकले मनाेनयन गर्नेछ ।

    टेलिभिजनको १३ औं साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको हो । उद्घाटन सत्र नेपाली कांग्रेसका नेता ,प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको थियो ।team btv.jpg

    dr chandra.jpgकार्यक्रममा सरोकारवाला ब्याक्तिहरु,बिभिन्न राजनीतिक दलका प्रतिनिधि,सरकारी निकायका अधिकारीहरु, जनप्रतिनिधि, टेलिभिजनका संचालन सदस्य,कर्मचारी तथा मिडियाकर्मीहरुको सहभागिता रहेको थियो ।

    त्यस्तै गरि पूर्व अध्यक्ष बरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षेत्रीको संयोजकत्वमा पृथबहादुर फौदार,प्रदीप उदय सदस्य रहेको  निर्देशन समिति समेत गठन भएको छ ।btv a.jpg

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology