Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुद्ध टेलिभिजनको १३ औँ साधारणसभा तथा पाँचौ अधिवेशन भोलि हुँदै

बुद्ध टेलिभिजनको १३ औँ साधारणसभा तथा पाँचौ अधिवेशन भोलि हुँदै

  • 2.3K
    SHARES

  • बुद्ध  टेलिभिजनको १३ औँ साधारणसभा तथा पाँचौ अधिवेशन भोलि हुँदै

    बुटवल,मङ्सिर १६ ।

    शान्तिका लागि संचार अभियानद्वारा संचालित बुद्ध सामुदायिक टेलिभिजनको १३ औं साधारणसभा तथा पाँचौ अधिवेशन भोलि बुटवलमा हुदैछ ।

    टेलिभिजनको साधारणसभा तथा अधिवेशन बिहान ११ बजे बुटवलको कालिकानगरमा शुभारम्भ हुने छ । साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले जानकारी दिनुभयो ।

    उद्घाटन सत्र नेपाली कांग्रेसका नेता ,प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा हुनेछ भने खुल्ला सत्रमा सरोकारवाला ब्याक्तिहरु,बिभिन्न राजनीतिक दलका प्रतिनिधि,सरकारी निकायका अधिकारीहरु,जनप्रतिनिधि,टेलिभिजनका संचालन सदस्य,मिडियाकर्मीहरुको सहभागिता रहने जनाइएको छ ।यसैबिच टेलिभिजनको नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुनेछ ।

    अध्यक्षमा २ जनाको उम्मेदवारी,अरुपदमा सर्वसहमत :

    १५ सदस्यीय कार्य समिति चयनका लागि अहिलेसम्म अध्यक्षमा २ जनाको उम्मेदवारी परेको निर्बाचन समितिले जनाएको छ । अध्यक्ष बर्तमान अध्यक्ष ओम ज्ञवाली र निर्बतमान अध्यक्ष पृथबहादुर फौदारको मनोनयन दर्ता भएको छ ।

    त्यसबाहेक उपाध्यक्षमा गोपाल ज्ञवाली,सचिबमा तिर्थराज पंगेनी,कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ,सहसचिबमा जेबी गुरुङ तथा सदस्यहरुमा कमला काफ्ले,जगत पौडेल,ऋषिराम काफ्ले,दुर्गा नेपाल,रणबहादुर खनाल,रामबहादुर थापा,डोलराज बस्याल,घनश्याम तिवारीको एकल उम्मेदवारी परेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology