Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुद्ध सामुदायिक टेलिभिजन : देशकै नमुना मिडिया हाउस बनाउने प्रतिबद्धता

बुद्ध सामुदायिक टेलिभिजन : देशकै नमुना मिडिया हाउस बनाउने प्रतिबद्धता

  • 8.1K
    SHARES

  • बुद्ध सामुदायिक टेलिभिजन : देशकै नमुना मिडिया हाउस बनाउने प्रतिबद्धता

    बुटवल,चैत २२-

    शान्तिका लागि संचार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १२ औं साधारणसभा सम्पन्न भएको छ । टेलिभिजनका सल्लाकार तथा वरिष्ठ समाजसेवी रामचन्द्र ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो ।

    कार्यक्रममा बोल्दै उँहाले मिडियाले समाजमा सहि सूचना प्रवाह गर्दै सरकारलाई जवाफदेही बनाउन जोड दिनुपर्ने बताउनुभएको छ । संस्थालाई दरिलो बनाउँनेको लागि अन्तरद्धन्दलाई समाप्त पार्नु पर्ने उँहाले बताउँनुभयो ।

    अहिले नेपालको राजनीतिक परिस्थितीमा कम्युनिष्ट भित्र अन्तरद्धन्दले गर्दा समाप्त भएर जाने सक्ने खतरा रहेको औंल्याउँनुभयो ।

    विगतमा राणा , पञ्चायत , राजामा आफै भित्रको अन्तरद्धन्दले समाप्त पारेको ढकालले स्मरण गराउँदै कम्युनिष्ट पनि आफ्नै कारणले समाप्त हुने बताउँनुभयो ।यस्तै लुम्बिनी प्रदेशका सांसद डा. कृष्ण प्रसाद न्यौपानेले  दु्रत गतिमा विकास भएको  बुटवलमा मिडिया क्षेत्रको राम्रो सम्भावना भएको बताउनुभयो ।

    महानगरको रुपमा विकास भईरहेको बुटवल आर्थिक , पर्यटकीय राधानीका रुपमा विकसित हुँदै जादा मिडिया क्षेत्र पनि फस्टाएर जाने बताउँनुभयो । लुम्बिनी प्रदेशको राजधानी बुटवलमा राख्ने प्रयास असफल भएपनि आर्थिक र पर्यटकीय केन्द्रले गर्दा यँहा गतिवधि सञ्चालन हुने बताउनुभयो ।

    बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम प्रसाद ज्ञवालीले जनताको सूसुचित हुने अधिकारलाई प्राथमिकता दिएर आवाज विहिनहरुको आवाज बनेको दाबी गर्नुभयो । अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै उँहाले टेलिभिजन देश भरि प्रसारण भएपनि लुम्बिनी प्रदेशलाई कार्य क्षेत्रका रुपमा लिएर कार्यक्रम र समाचारलाई प्राथमिकता दिँदै आएको बताउनुभयो । विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पुनाराम पोखरेलले टेलिभिजनले समाचार सहित साहित्य र कलालाई पनि जोड दिनु पर्ने बताउँनु भएको छ ।

    समाजका हरेक गतिविधिलाई टेलिभिजनले सामाग्री बनाएर प्रस्तुत गर्दै जनताको मन जित्न जोड दिनु पर्ने बताउँनुभयो । यस्तै वरिष्ठ अधिवक्ता बेन वहादुर पौडेलले देश र समाजको निस्वार्थ सेवामा मिडिया क्षेत्र लाग्नु पर्नेमा जोड दिनुभयो । प्रा.डा बुद्ध बहादुर थापाले  मिडियाले नाफालाई भन्दा पनि जनउत्तर दायि बनेर जानु पर्ने बताउनुभयो । टेलिभिजनका सल्लाहकार रविराज ज्ञवालीले टेलिभिजनलाई स्टेलाईटमा प्रशारण गरि देश विदेशका दर्शकसम्म ल्यैजानको लागि कार्यसमिति लाग्नु पर्नेमा जोड दिनुभयो ।

    उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमशेर अलीले मिडिया  क्षेत्रले उद्योगी ब्यवसायीका मुद्धालाई उठान गरि आर्थिक समृद्धिको लागि जोड दिनु पर्ने बताउनुभयो । नेपाली कांग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेयले ब्यवसायिक दक्षतालाई जोड दिदै संस्थालाई आर्थिक रुपमा बलियो बनाउँनु पर्नेमा जोड दिनुभयो । टेलिभिजनको प्रतिस्प्रर्धामा अहिले जनताको मन जित्ने गरि मिडियाले काम गर्न सक्नु पर्ने बताउँनुभयो ।

    टेलिभिजनका पुर्व अध्यक्ष पृथ बहादुर फौदारले सबैको साथ र सहयोगले गर्दा संस्था अघि बढेको बताउँदै  टेलिभिजनलाई सबैको माझमा पुराउनको लागि स्टलाईटमा जोड दिनु पर्ने बताउँनुभयो । यस्तै वरिष्ठ अधिबक्ता बेन बहादुर पौडेलले शान्तिको लागि सञ्चार आवश्यकता रहकाले बुटवल क्षेत्रमा बुद्ध टेलिभिजनको स्थापना भएको बताउँनुभयो ।

    मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोबिन्द खनालले लोकतन्त्रको रक्षाको लागि फेरि मिडियाले महत्वपूर्ण भूमिका खेल्ने दिन आएको बताउनुभएको छ । अहिले सरकार पक्षबाट नै लोकतन्त्र माथि हमला भएको उँहाले बताउँदै मिडियाले सरकार माथि दबाब सिर्जना गर्नु पर्ने बताउँनुभयो ।

    नेपाली कांग्रेस गुल्मी  जिल्ला सचिब विष्णु सापकोटाले  टेलिभिजनले निष्पक्ष तरिकारले समाचार प्रस्तुत गर्नु पर्ने बताउँदै जनचेतना मुलक कार्यक्रमलाई पनि जोड दिनु पर्ने बताउँनुभयो । नेकपा माओबादी केन्द्रका नेता राम प्रसाद पाण्डेयले सामुदायिक टेलिभिजनले समुदायको पक्षमा आवाज उठाउन जोड दिनु पर्ने सुझाब दिनुभयो ।

    यस्तै साधारण सभामा टेलिभिजनका कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम टेलिभिजनका उपाध्यक्ष गोपाल प्रसाद ज्ञवालीको स्वागत तथा सचिब तिर्थराज पंगेनीको सञ्चालनमा सम्पन्न भएको हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology