बुटवल,भदाै २२ ।
रुपन्देहीको बुटवलबाट संचालित बुद्ध सामुदायिक टेलिभिजनले १६ औँ बार्षिकोत्सवका अवसरमा आज सरसफलाइ कार्यक्रम गरेको छ ।
साप्ताहिक कार्यक्रम गरेर बार्षिकोत्सव मनाइरहेको टेलिभिजनले आज बुटवलको अस्पताललाइनदेखि पुरानोबसपार्क सम्म मुख्य राजमार्ग छेउछाउ र डिभाइडरमा सरसफाइ गर्दै बृक्षारोपण गरेको हो ।
बुटवल उपमहानगरपालिकाले चलाइरहेको हरियाली र सरसफाइ अभियानमा हालेमालो गरेकोमा बुटवल उपमहानगरका उपप्रम्ख साबित्रादेवी अर्यालले टेलिभिजनलाइ धन्यबाद दिनुभयो । उहाँले यो अभियानमा सबैको हातेमालो हुनुपर्ने बताउनुभयो ।
शान्तिका लागि संचार अभियानद्धारा संचालित टेलिभिजन बिस २०६५ सालको ‘श्रीकृष्णजन्माष्टमी’ का दिन स्थापना भएको थियो । टेलिभिजनले भदौ २० गते एक समारोहका बिच वार्षिकोत्सवको शुभारम्भ समारोहको गरेको टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले बताउनुभयो । बुटवल उपमहानगरका कार्यकारी अधिकृत टेकराज पन्थीले नगरको अभियानमा टेलिभिजनाले गरेको सहयोग प्रशंसानीय भएको उल्लेख गर्नुभयो ।
वार्षिकोत्सवको अवसरमा यही भदौ २५ गते गौ संरक्षण बहस , २६ गते स्थानीय तहमा सुशासनको लागि मिडियाको भूमिका अन्तक्रिया र २७ गते हरितालिका तिजको अवसरमा समापन तथा तिज विशेष कार्यक्रमको आयोजना हुनेछ ।

बुद्ध टेलिभिजनको १५ औँ बार्षिकोत्सव शुरु,२७ गते मूल समारोह गरिनेनागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)