Logo बिहिवार, आश्विन १ गते २०८३
images

भ्रष्टाचारको बोझ पार्टीले बोक्न हुन्न र सकिन्न,रायमाझी र खाँणलाई निलम्बन गराैँ :अजयबाबु शिवाकोटी

भ्रष्टाचारको बोझ पार्टीले बोक्न हुन्न र सकिन्न,रायमाझी र खाँणलाई निलम्बन गराैँ :अजयबाबु शिवाकोटी

  • 1.2K
    SHARES

  • भ्रष्टाचारको बोझ पार्टीले बोक्न हुन्न र सकिन्न,रायमाझी र खाँणलाई निलम्बन गराैँ :अजयबाबु शिवाकोटी

    काठमाडौं,बैशाख २८।

    नेपाली कांग्रेसका प्रभावशाली नेता अजयबाबु शिवाकोटीले एमाले सचिव टोपबहादुर रायमाझीलाई संसद्ले तकाल सांसद पदबाट निलम्बन गर्नुपर्ने माग गरेका छन् ।

    उनले एमाले नेतृत्वले जनदबाबपछि ढिला गरेरै भएपनि पार्टीको पदबाट निलम्बन गरेको उल्लेख गर्दै अब संसद्ले सांसद पदबाट निलम्बन गर्नुपर्ने माग गरेका हुन् ।

    उनले फेशबुकमा लेखेका छन्-

    फरार अभियुक्त टोप बहादुर रायमाझीको पक्षपोषण गर्दै आएको एमाले नेतृत्वले जनदबाब पछि ढीला गरेरै भएपनि पार्टीको पदबाट निलम्बित गर्यो, फरार अभियुक्त पार्टीको पदबाट निलम्बित हुने तर सांसद भने भइरहनु लज्जा हो, तत्काल संसदले रायमाझीलाई सांसद पदबबाट निलम्बन गरोस। पक्राउ परेका बालकृष्ण खाँणलाई पनि पार्टीले तत्काल निलम्बन गरोस, भ्रष्टाचारको बोझ पार्टीले बोक्न हुन्न र सकिन्न। भ्रष्टाचारमा नेता, नाता, प्रभाव र दबाबको प्रतिकार गरौं, जय नेपाल।

    यी समाचार पनि पढाैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology