Logo मंगलवार, श्रावण १२ गते २०८३
images

टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

  • 1.0K
    SHARES

  • टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं, वैशाख २१।

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

    अदालतले ठगी र सङ्गठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। 

    प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिइ पक्राउ गरेसँगै आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो। हाल पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत छन् यसअघि उनी गृह मन्त्रालयको सचिव थिए। 

    पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology