Logo मंगलवार, श्रावण १२ गते २०८३
images

फरार एमाले सचिव टोपबहादुर रायमाझीको घरमा पुग्यो प्रहरी

फरार एमाले सचिव टोपबहादुर रायमाझीको घरमा पुग्यो प्रहरी

  • 915
    SHARES

  • फरार एमाले सचिव टोपबहादुर रायमाझीको घरमा पुग्यो प्रहरी

    काठमाडौं,बैशाख २६ ।

    प्रहरीको खोजी सूचीमा रहेका नेकपा एमालेका सचिव एवम् पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ।

    ६ दिनदेखि खोज्दा पनि उनी नभेटिए पछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज ललितपुरस्थित सातदोवाटोमा रहेको रायमाझीको घरमा छापा मारेको हो। तर, प्रहरीले रायमाझीको बारेमा खासै जानकारी पाउने सकेन।

    ‘उहाँको बारेमा जानकारी लिनको लागि गएका थियौं। तर अहिलेसम्म खासै केही भेटिएन’ एक प्रहरीले भने। अहिले पनि प्रहरीले घरमा छापा मारिरहेको छ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बैशाख २० गते रायमाझीविरुद्ध पक्राउ पूर्जी पाएको थियो। यही प्रकरणमा भने उनका छोरो सन्दीप रायमाझी सोही दिन बुटवलबाट पक्राउ परेका थिए। तर, टोपबहादुर भने हालसम्म फरार रहेका छन्।

    शरणार्थी प्रकरणमा रायमाझीका छोरा सन्दीपको नामा डेढ करोडको तीनवटा चेक भेटिएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology