बुटवल,वैसाख २० ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । सन्दीपलाई बुटवलबाट पक्राउ गरि भैरहवा लगिएको प्रहरी उच्च स्राेतले नागरिक अनलाइनलाई जानकारी दिएको छ ।
सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पटाउने नाममा ठगेको आरोप छ । शरणार्थीको नाममा ठगेको आरोपमा पक्राउ पर्नेको संख्या ८ जना पुगेको छ । बुधवार नै उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पेप्सीकोलाबाट पक्राउ परेका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)