Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी

पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी

  • 2.5K
    SHARES

  • पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी

    काठमाडौँ,वैसाख २० ।

    नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा  पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको उच्च प्रहरी स्रोतले जानकारी दियो।

    रायमाझीका छोरा सन्दीप रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। टोपबहादुर रायमाझी अहिले अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य छन्।

    यस्तै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। उनी गृहसचिव हुँदा भएको घटनामा  संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरिएको हो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology