Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भैरहवाबाट टोपबहादुर रायमाझी सम्पर्कविहीन,प्लेन टिकट क्यान्सिल,माेवाइल अफ !

भैरहवाबाट टोपबहादुर रायमाझी सम्पर्कविहीन,प्लेन टिकट क्यान्सिल,माेवाइल अफ !

  • 3.2K
    SHARES

  • भैरहवाबाट टोपबहादुर रायमाझी सम्पर्कविहीन,प्लेन टिकट क्यान्सिल,माेवाइल अफ !

    बुटवल,वैसाख २१ ।

    नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा गरेकाे प्रकरणमा तानिएका एमाले सचिव टाेपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि पूर्वमन्त्रीसमेत रहेका सांसद रायमाझी सम्पर्कविहीन भएका हुन् ।

    बुधबार गृहजिल्ला अर्घाखाँचीबाट काठमाडाैं जाने भनेर हिँडेका उनी राति ९ बजेपछि सम्पर्कविहीन भएका प्रहरी स्राेतले बताएकाे छ । रायमाझीले भैरहवाबाट काठमाडाैं आउन बुधबार साँझका लागि काटेकाे जहाजकाे टिकटसमेत रद्द गरेकाे बुझिएकाे छ ।

    ‘राति ९ बजेपछि उहाँ सम्पर्कविहीन हुनुभएकाे छ । माेबाइल पनि अफ गरिएकाे छ’, प्रहरी स्राेतले भन्याे, ‘सम्भावित स्थानमा प्रहरी अलर्ट भएर बसेकाे छ ।’ नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुधबार नै बुटवलबाट पक्राउ गरिसकेकाे छ । बुधबार जिल्ला अदालत काठमाडौंले रायमाझी बाबुछोरालाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।

    याे प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राइ र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसहितका व्यक्तिहरू पक्राउ परिसकेका छन् ।  अहिलेसम्म ८ जनालाइ प्रहरीले पक्राउ गरिसकेको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology