Logo बिहिवार, आश्विन १ गते २०८३
images

निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दैनौँ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दैनौँ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

  • 1.0K
    SHARES

  • निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दैनौँ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौँ,वैसाख २७।

    उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्ने बताउनुभएको छ ।

    बुधवार काठमाण्डौमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले देशमा थुप्रै समस्या रहेको बताउँदै कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गर्नुभयो । उहाँले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने दाबी गर्नुभयो । उहाँले निर्दोष मानिस डराउनुपर्ने आवश्यकता नरहेको पनि उल्लेख गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘देशमा थुप्रै समस्याहरू छन् । कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको छ । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । विदेशमा गएर जीवन रक्षाका लागि श्रम गरिरहेकालाई यही भूमिमा काम गर्नका लागि भ्रष्टाचारीमाथि कारबाही गर्नैपर्छ । कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन् । दोषीलाई जहाँ गए पनि छोड्दैनौँ, यो हाम्रो प्रतिबद्धता हो ।’

    गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मुल मुद्दा बनाएको बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology