Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही ३ बाट घनश्याम,बासुदेवसहित एमालेमा ४ जनाको नाम सिफारिस

रुपन्देही ३ बाट घनश्याम,बासुदेवसहित एमालेमा ४ जनाको नाम सिफारिस

  • 2.3K
    SHARES

  • रुपन्देही ३ बाट घनश्याम,बासुदेवसहित एमालेमा ४ जनाको नाम सिफारिस

    बुटवल,भदौ १९। 

    नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका ४ जनाको नाम सिफारिस गरेको छ ।

    घनश्याम भुसाल र बासुदेव घिमिरे,यज्ञजित शाह र दुर्गा भुसालको समेत गरी ४ जनाको नाम सिफारिस गरीएको एमालेले जनाएको छ।

    एमाले ३ नंम्वर क्षेत्रीय कमिटीको आईतवार बसेको बैठकले पार्टीका स्थायीकमिटी सदस्य समेत रहेका भुसाल र लुम्विनी प्रदेश कमिटी सदस्य र समेत रहेका घिमिरेसंगै लुम्विनी प्रदेश कमिटी सदस्य शाह र शियारीका दुर्गा भुसालको नाम सिफारिस गरेको हो।

    भुसाल २०७४ सालको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट राप्रपा कांग्रेस गठबन्धनका उम्मेदवार दिपक बोहोरालाई पराजित गरेर प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका थिए भने २०७४ सालको स्थानिय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाको नगरप्रमुखको रुपमा बिजयी घिमिरे उत्कृष्ट कार्य गरेर लोकप्रियता कमाएका छन्।

    यी समाचार पनि पढाैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology