पाल्पा,भदौ १९ ।
पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा नेता ठाकुर गैरे सिफारिस भएका छन् । एमाले पाल्पा क्षेत्र नम्बर २ को आइतबार बसेको बैठकले सर्वसम्मत सिफारिस गरेको हो ।
एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले पाल्पा २ मा यसपटक युवा नेता गैरेको नाम सर्वसम्मत भएको बताए । गैरे पहिलो पटक प्रत्यक्षमा प्रतिनिधिसभामा निर्वाचन लड्नेछन् । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष, एमाले केन्द्रीय सदस्य हुँदै अहिले पोलिटब्युरो सदस्य छन् ।
क्षेत्र न २ (क) बाट फर्सुराम भट्टराई, त्रिरत्नलाल शाक्य, रामलाल श्रेष्ठ, विष्णु आचार्य, कृष्णराज अधिकारी, सुनिता शर्मा, पदमबहादुर कार्की र श्रीकृष्ण पाण्डेयको नाम सिफारिस भएको छ । यसैगरी क्षेत्र २ (ख) बाट रामजी भट्टराई, रामजी पोखरेल, ओमबहादुर घर्ती, कृष्णबहादुर जीसीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष पोखरेलले बताए ।
क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि भने एक महिलासहित ७ जनाको नाम सिफारिस भएको छ । आइतबार ताँहुमा बसेको बैठकले झपेन्द्रबहादुर जीसी, नारायणप्रसाद आचार्य, युवराज खनाल, कृष्णप्रसाद श्रेष्ठ, निल सारु, विष्णु जीसी र शिव अर्यालको नाम सिफारिस गरेको छ । क्षेत्र १ (क) बाट देवीलाल लामिछाने, राजुप्रसाद श्रेष्ठ, राजेन्द्र लम्साल, कृष्णबहादुर सारु, सन्जु परियार, ईश्वरी खनालको नाम सिफारिस गरेको छ ।
क्षेत्र १ (ख) बाट विमलप्रसाद काफ्ले, विनोदकुमार श्रेष्ठ, तुलसीराम भुसाल, विजय रानाभाट, ईश्वरीप्रसाद न्यौपाने, कृष्णप्रसाद रेग्मी, अर्जुनकुमार रेग्मी, खेम सारु, एकप्रसाद भण्डारीको नाम सिफारिस गरेको छ ।
यी समाचार पनि पढाैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)