Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नवनियुक्त प्रधानमन्त्री देउवालाई शपथ दिलाएसँगै ४ मन्त्रीले पनि लिए शपथ

नवनियुक्त प्रधानमन्त्री देउवालाई शपथ दिलाएसँगै ४ मन्त्रीले पनि लिए शपथ

  • 2.5K
    SHARES

  • नवनियुक्त प्रधानमन्त्री देउवालाई शपथ दिलाएसँगै ४ मन्त्रीले पनि लिए शपथ

    बुटवल,असार २८ - 

    राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । देउवालाई शपथ दिलाएसँगै ४ मन्त्रीले पनि शपथ लिएका छन् ।

    प्रधानमन्त्री देउवाको सिफारिसमा मन्त्री नियुक्त भएका बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसालले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    राष्ट्रपति भवनमा प्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । खाँड गृह मन्त्री बनेका छन् भने शर्मा अर्थमन्त्री बनेका छन् । यस्तै कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्दा बन्दा भुसाल ऊर्जा तथा जलस्रोत मन्त्री बनेकी छन् ।

    सर्वोच्च अदालतको परमादेशसँगै देउवा प्रधानमन्त्री बनेसँगै पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल गठन गरेका हुन् ।

    यी खबरहरु पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology