Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री बन्दै,आजै सपथ

कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री बन्दै,आजै सपथ

  • 2.7K
    SHARES

  • कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री बन्दै,आजै सपथ

    बुटवल,असार २९ -

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री बन्दैछन् । उनले आजै शपथ ग्रहण गर्दैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए ।

    सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो ।

    देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् ।  देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेको काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    अहिले देउवा आन्तरिक परामर्शमा व्यस्त रहेका छन् ।

    यी खबरहरु पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology