Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीका पाँच राजनीतिक दलद्वारा अदालतको फैसलाको समर्थन

रुपन्देहीका पाँच राजनीतिक दलद्वारा अदालतको फैसलाको समर्थन

  • 2.5K
    SHARES

  • रुपन्देहीका पाँच राजनीतिक दलद्वारा अदालतको फैसलाको समर्थन

    रुपन्देहीका ५ राजनीतिक दलद्वारा अदालतको फैसलाको समर्थन

    बुटवल,असार २८-
    रुपन्देहीस्थित विभिन्न ५ राजनीतिक दलका नेताले संवैधानिक इजलासको फैसलाप्रति समर्थन जनाएका छन् । संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसला गरेकोमा स्वागत गर्दै उनीहरुले लोकतन्त्र, न्याय र विधिको शासनलाई न्यायालयले बचाएको टिप्पणी गरेका छन् ।

    नेपाली काँग्रेसको रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसी, नेकपा एमालेका अध्यक्ष राजु गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष राम अवतार यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष बद्रे आलमले संयुक्त विज्ञप्ति जारी गर्दै अदालतको फैसलाको स्वागत गरेका हुन् ।

    कसैको डर धम्कीबाट विचलित नभई दुधको दुध, पानीको पानी छुट्याउने अदालतको कदमले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको उनीहरुको ठहर छ ।

    नागरिक सर्वोच्चता, संविधानको रक्षाको लागि संयुक्त गठबन्धनबाट भएका आन्दोलनको कार्यक्रममा सक्रिय सहभागी जनाएका राजनीतिक दलहरु, सबै कानून व्यवसायीहरु, भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरु, नागरिक आन्दोलन र पत्रकार जगतलाई पनि उनीहरुले धन्यवाद दिएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology