Logo बिहिवार, आश्विन १ गते २०८३
images

Breaking News : ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तार बदर,२० मन्त्री पदमुक्त (आदेशसहित)

Breaking News : ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तार बदर,२० मन्त्री पदमुक्त (आदेशसहित)

  • 4.1K
    SHARES

  • Breaking News :  ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तार बदर,२० मन्त्री पदमुक्त (आदेशसहित)

    बुटवल,असार ८ -

    सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ ।

    मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो । अब मन्त्रिपरिषदमा ४ जनामात्र बाँकी रहेका छन् । 

    जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ गते पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । नयाँ मन्त्रिमण्डलमा १७ जना सदस्य रहेका थिए । त्यसपछि जेठ ३१ गते पुन: मन्त्रिमण्डल विस्तार गरिएको थियो ।

    suprimne court adesh.jpg

    पद गुमाउने मन्त्रीहरु

    • रघुबीर महासेठ, परराष्ट्र          
    • राजेन्द्र महतो, सहरी विकास      
    • खगराज अधिकारी, गृह     
    • शरतसिंह भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाई           
    • अनिलकुमार झा, खानेपानी        
    • शेरबहादुर तामाङ, स्वास्थ्य तथा जनसङ्या       
    • राजकिशोर यादव, उद्योग, वाणिज्य तथा आपूर्ति         
    • लक्ष्मणलाल कर्ण, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण         
    • नैनकला थापा, सञ्‍चार तथा सूचना प्रविधि       
    • ज्वालाकुमारी साह, कृषि तथा पशुपंक्षी विकास          
    • बिमलप्रसाद श्रीवास्तव, श्रम, रोजगार तथा सामाजिक विकास           
    • उमाशंकर अरगरिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन           
    • चन्दा चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक         
    • एकवाल मियाँ, युवा तथा खेलकुद         
    • नारद मुनि राना, वन तथा वातावरण      
    • गणेशकुमार पहाडी, सङ्घीय मामिला तथा सामान्य प्रशासन      

    पद गुमाउने राज्यमन्त्री

    • मोहन बानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय        
    • चन्द्रकान्त चौधरी, ऊर्जा, जलस्रोत तथा सिँचाई          
    • रेणुका गुरूङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक          
    • आशाकुमारी विक, वन तथा वातावरण

    यी खबरहरु पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology