Logo मंगलवार, श्रावण १२ गते २०८३
images

BREAKING NEWS : प्रधानमन्त्री केपी ओलीले गुमाए विश्वासको मत,पक्षमा ९३ र बिपक्षमा १२४ मत !

BREAKING NEWS : प्रधानमन्त्री केपी ओलीले गुमाए विश्वासको मत,पक्षमा ९३ र बिपक्षमा १२४ मत !

  • 5.9K
    SHARES

  • BREAKING NEWS : प्रधानमन्त्री केपी ओलीले गुमाए विश्वासको मत,पक्षमा ९३ र बिपक्षमा १२४ मत !

    बुटवल,बैसाख २७-

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन् । बैठकमा २३२ सांसद सहभागि थिए । ओलीको पक्षमा ९३ र बिपक्षमा १२४ मत साथै  तटस्थ (मत दिन्न) भन्नेमा १५ मत परेको सभामुख अग्नीप्रसाद सापकोटाले घाेषणा गरे ।

    प्रधानमन्त्री नियुक्त भएको ३९ महिनापछि ओली दोस्रोपटक संविधानको धारा १०० (१) अनुसार विश्वासको मत स्पष्ट गर्न फ्लोरमा गएका थिए ।

    एमालेभित्रै देखिएको विभाजनले प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन् ।  प्रतिनिधिसभामा हाल २७१ जना सांसद कामय रहेकोमा विश्वासको मतका लागि १३६ को समर्थन चाहिने थियो ।

    १२१ सांसद सहित ठूलो दल रहेको एमालेको माधवकुमार नेपाल पक्षसहितका गरी २७ जना सांसद संसदमा उपस्थित भएनन् ।

    प्रधानमन्त्रीले विश्वासको मत गुमाएको सभामुखले घोषणा गरेपछि ओली प्रधानमन्त्री पदबाट पदमुक्त भएका छन्। तथापि उनको कामचलाउ हैसियत भने बाँकी नै रहने छ।

     

    sambidhan dhara 76-1.jpg

    sambidhana 76-2.jpg

    यी समाचार पनि पढाै :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology