Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री ओलीमाथि खनिए देउवा : ‘आफू कार्यकारी प्रमुख हुने अनि अरुमाथि दोष थोपर्ने ?

प्रधानमन्त्री ओलीमाथि खनिए देउवा : ‘आफू कार्यकारी प्रमुख हुने अनि अरुमाथि दोष थोपर्ने ?

  • 3.9K
    SHARES

  • प्रधानमन्त्री ओलीमाथि खनिए देउवा : ‘आफू कार्यकारी प्रमुख हुने अनि अरुमाथि दोष थोपर्ने ?

    बुटवल,बैसाख २७-

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तीन वर्षमा पूर्ण रुपमा असफल भएको बताएका छन् ।

    विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले सरकार गठन भएको तीन वर्षमा नै विश्वासको मत माग्ने अवस्था आउनुमा प्रधानमन्त्री स्वयं जिम्मेवार रहेको बताए ।

    प्रधानमन्त्रीलई कार्यकारी प्रमुखको हैसियतले सम्पूर्ण अधिकार दिएको भन्दै उनले भने, ‘देश र जनताको हितमा काम गर्न कसले कहाँ रोक्यो ?’ प्रमुख प्रतिपक्षी पार्टीका रुपमा आफ्नो दलले रचनात्मक र सहयोग भूमिका खेल्दा आलोचित हुनु परेको उनले बताए ।

    ‘आफू कार्यकारी प्रमुख हुने अनि अरुमाथि दोष थोपर्ने ? ’ देउवाले भने, ‘अरुमाथि दोष र गुनासो थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुुहुन्छ ?’

    ‘म प्रधानमन्त्रीलाई के आग्रह गर्न चाहन्छु भने मानिस दुनियाँबाट भाग्न सक्छ, आफैंबाट भाग्न सक्दैन । एक पटक छातिमा हात राखेर भन्नुस्, यो अवस्था तपाईले सिर्जना गर्नु भएको अंकगणित दम्भ, कुशासन र भ्रष्टाचारका कारण होइन ?’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology