बुटवल,बैसाख २७-
प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच बर्ष नै प्रधानमन्त्री बन्न आफूले राजीनामा नदिएको दाबी गरेका छन् । ओलीले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको बताए । समस्यालाई समाधान गरेर अघि बढ्ने सन्दर्भमा यो सरकारमाथि विश्वास गर्नु नपर्ने कुनै कारण नरहेको ओलीले बताए ।
उनले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरे । उनले सरकारले ३ वर्ष बढीको अवधिमा जनताको पक्षमा धेरै काम गरेको भन्दै अब पनि यही सरकारले निरन्तरता पाउने विश्वास गरे ।
उनले भने, ‘मैले विश्वास लिएको छु कि मान्यज्यूहरुले हुन्न भन्ने पक्षमा त कसरी रेजा लगाउन, कसरी सही गर्न सक्नुहुन्छ सभामुख महोदय ? ’ । ‘बाहिरबाट आउँदा अली दिन फोन नगर्दा फोन पनि गर्दैन प्रधानमन्त्रीले भन्ने असन्तुष्टि थियो कि ? त्यो पनि छाडिदिनुस् । म काममै लागेर त्यस्तो भएको हो। मेरो कसैप्रति पूर्वाग्रह छैन।’
उनले यही सदनले आफूलाई निर्वाचित गरेको र ३ वर्षभन्दा बढी समय प्रधानमन्त्रीको हैसियतले सदनमा उभिएको भन्दै यही सदनको बलले आफू रहन्छु भन्ने लागेको बताए । उनले सदनप्रति आफ्नो विश्वास रहेको पनि बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)