बुटवल,जेठ ८-
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधिसभा विघटन गर्नु दुःखद् भएको बताएका छन् ।
महामन्त्री कोइरालाले राष्ट्रपतिको आह्वानअनुसार नै वैकल्पिक सरकारको दाबी गरिएका अवस्थामा संसद् विघटन गरेर नयाँ निर्वाचन मिति तोकिनु लोकतन्त्र र संविधानविपरीत भएको आरोप लगाएका छन् ।
आज विज्ञप्ति जारी गरी कोइरालाले लोकतन्त्र र संविधान रक्षाका लागि एक जुट हुन सबैलाई आग्रहसमेत गरेका छन् ।
कांग्रेस नेत्री सुजाता कोइरालाले पनि मध्यरातमा संसद् विघटन हुनु संविधान र लोकतन्त्रमाथिको प्रहार भएको बताएकी छन् । पूर्वउपप्रधानमन्त्री कोइरालाले विज्ञप्ति जारी गर्दै देश र जनता कोभिड महामारीको पीडाबाट छटपटाइरहेका अवस्थामा संसद् भंग गरेर मध्यावधि चुनावको मिति तोक्नु दुर्भाग्यपूर्ण भएको बताएकी छिन् ।

यी समाचार पनि हेराैँ-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)