बुटवल,बैसाख १९-
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएसंगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।
राजिनामासंगै नेकपा एमाले (ओलीपक्षीय) ले एकल बहुमतको सरकार बनाउने तयारी पनि गरेको छ । प्रदेश सभामा हाल कायम रहेको ८१ सदस्यमध्ये एमालेसंग ४१ जना सांसद छन् ।
आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने पोखरेलको दाबी छ ।
पोखरेल बिरूद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
यी समाचार पनि पढ्नुहाेस् :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)