Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘यो अधिनायकवाद हो,पञ्चायत र ओली शासन उस्तै हो’: रामचन्द्र पौडेल

‘यो अधिनायकवाद हो,पञ्चायत र ओली शासन उस्तै हो’: रामचन्द्र पौडेल

  • 2.9K
    SHARES

  • ‘यो अधिनायकवाद हो,पञ्चायत र ओली शासन उस्तै हो’: रामचन्द्र पौडेल

    बुटवल,मंसिर २९-

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पञ्चायती शासन र ओली शासन उस्तै भएको टिप्पणी गरेका छन् । ‘राजाको पञ्चायती शासनमा हामीले रुख रोप्दा हाम्रा टाउको फुटाइदिन्थें । अहिले हामीले पुल उद्घाटन गर्दा हाम्रा करङ भाँच्न थालिएको छ । यो अधिनायकवाद हो, पञ्चायत र ओली शासन उस्तै हो ।’, पौडेलले भने ।

    काठमाडौंको रत्नपार्कमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सरकारको संरक्षणमा कम्युनिष्टको झण्डा ओढ्नेहरुको ‘खत माफ वर्ग’ निर्माण गरिएको भन्दै पौडेले त्यस्तो वर्गले जनतालाई दुःख दिन थालेको बताए ।

    ‘नियम कानूनभन्दा माथि रहने गरी सत्ताको संरक्षणमा एउटा वर्ग बनाइएको छ । त्यसले राजनीतिक परिवर्तन र जनताका एजेण्डा विरुद्ध षड्यन्त्र  गरिरहेको छ’, उनले भने ।

    प्रधानमन्त्री ओली भ्रष्ट र असफल भएको तथ्य कांग्रेसको मात्रै दावी नरहेको भन्दै पौडेलले नेताकै बहुमत नेताहरुको धारणा बुझ्न अनुरोध गरे ।

    ‘आज कांग्रेसले होइन नेकपाकै बहुमत नेताहरुले यो सरकार भ्रष्ट र असफल भएको बताइसकेका छन् । म नेकपाका नेताहरुलाई बालुवाटारमा होइन ओलीविरुद्ध संसदमा बहस गराउन अनुरोध गर्दछु ’, पौडेलले भने ।

    नेपालमा संविधान र शासनव्यवस्था लोकतान्त्रिक भएपनि शासक अलोकतान्त्रिक रहेको भन्दै पौडेल राज्यको कम्युनिष्टकरण रोक्न जनता आन्दोलनमा उत्रनुको विकल्प नभएको बताए ।

    प्रधानमन्त्री ओली ‘निर्वाचित भष्मासुर’ :अर्जुननरसिंह केसी

    कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेकपा सरकारका कारण लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेको आरोप लगाएका छन् ।

    बागलुङमा आयोजित प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै केसीले प्रधानमन्त्री ओलीलाई ‘निर्वाचित भष्मासुर’को संज्ञा दिदैं नेता केसीले भ्रष्टाचारीलाई गरिएको सत्ता संरक्षणका विरुद्ध कांग्रेसले आन्दोलन थालेको बताए ।

    ‘यो कांग्रेसको मात्रै आन्दोलन होइन, जनताको आन्दोलन हो । यसलाई कमजोर ठाने राणा र राजाझैं कम्युनिष्ट पनि मासिन्छन् ।’, केसीले भने । केसीले फरक विचारलाई शत्रु ठान्ने कम्युनिष्टबाट बहुदलीय व्यवस्था र बहुलबाद नै खतरामा परेको टिप्पणी गरे ।

    जनता कोरोनाको मारमासरकारले अनियमिततामा : डा. रामशरण महत

    चितवनको नारायणगढमा आयोजित सभालाई सम्बोधन गर्दै नेता डा. रामशरण महतले जनता कोरोनाको मारमा रहेको बेलामा पनि सरकारले अनियमितता गरेको आरोप लगाएका छन् ।

    सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्न नसकेको भन्दै नेता महतले नेकपाको आन्तरिक झगडाका कारण पनि मुलुकले क्षति व्यहोर्नुपरेको उल्लेख गरे ।

    यी खबरहरु पनि पढाै :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology