बुटवल,मंसिर २९-
सरकारले सर्वसत्तावाद र भ्रष्टाचार गरेको भन्दै नेपाली कांग्रेसले सोमवार देशव्यापी प्रदर्शन गरिरहेको छ ।देशका प्रमुख शहरहरूमा प्रदर्शनमा भैरहेका छन् । सामाजिक दूरी कायम गरेर विरोध प्रदर्शन गर्ने भनिएपनि कहीँ पनि सामाजिक दूरी कायम भएको देखिएको छैन । तर प्रदर्शनकारीहरुले मास्क भने लगाएका छन् ।
बिभिन्न कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् । काठमाडौंको विरोध सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्वोधन गर्दैछन् । सभाअघि काठमाडौंका विभिन्न स्थानबाट बाक्लाे संख्यामा जुलुस निस्किएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले भने मकवानपुरको विरोध सभालाई सम्बोधन गर्दैछन् । पुल उद्घाटनका क्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेसले मंसिर २९ गतेका लागि प्रदर्शन गर्ने तयारी गरेको थियो ।
रुपन्देहीको सदरमुकाम भैरहवामा प्रदर्शन भैरहेको जिल्ला सभापती अब्दुल रज्जाकले नागरिक अनलाइनलाइ जानकारी दिए ।भैरहवाको बुद्धचोकबाट कार्यक्रम शुरु भई विभिन्न स्थानको परिक्रमापछि पुन: बुद्धचोकमा आएर सभामा परिणत हुने कांग्रेसका जिल्ला सचिव रामकृष्ण खांणले बताए ।
विहान ११ बजेबाट शुरु हुने कार्यक्रममा नेपाली कांग्रेसका १६ वटै स्थानिय तहवाट विरोध जुलुस सहित कार्यकर्ताहरु भैरहवामा आएका छन् ।
हेराैँ देशभर भैरहेका प्रदर्शनका तस्वीरहरु :-
१.सभापति शेरबहादुर देउवासहभागी मकवानपुरको विरोधसभा ।

२. डाेटीको प्रदर्शन ।


३. कैलालीमा आयाेजित बिराेधसभामा बाेल्दै कांग्रेस युवा नेता तथा सांसद गगन थापा 

४. रुपन्देहीको भैरहवामा भएको बिराेधसभा



५.दाङमा कांग्रेसले गरेको प्रदर्शन


यी खबरहरु पनि पढाै :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)