बुटवल, मंसिर २८-
नेपाल विद्यार्थी संघले सरकारविरुद्ध बुटवलमा सिठ्ठी जुलुस निकालेको छ ।नेविसंघ केन्द्रिय उपसभापति मुक्तिराज पाैडेलको नेतृत्वमा बुटवलको राजमार्ग चाैराहाबाट मिलनचाेकसम्म जुलुस निकालेको हो । भाेली मंसिर २९ गतेको विरोधसभा सफल बनाउन पूर्वसन्ध्यामा नेविसंघले बिराेध जुलुस निकालेको हाे ।
भाेली मंसिर २९ गतेको विरोधसभा सफल पारौं ,सरकारका गलत कामको बिराेध गराैँ भन्ने नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए । भोलि कांग्रेसले सरकारविरुद्ध देशैभर प्रदर्शन गर्दैछ । 
कोरोना महामारीका बेलामा सरकार भ्रष्टाचारमा लिप्त भएको र सरकारका कारण संघीय लोकतान्त्रिक गणतन्त्र समेत संकटमा परेको भन्दै नेविसंघ केन्द्रिय उपसभापति मुक्तिराज पाैडेलले सरकारलाई सडकबाटै तह लगाउने दाबि गरे ।
उनले सरकारको एकमात्र मिसन सबैकुरामा कमिसन भएको दाबि गरे । कार्यक्रमकाे संचालन नेबिसंघ यज्ञाेदय बहुमुखी क्याम्पस सभापति धनराज कडेँलले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)