बुटवल,मंसिर २९-
नेपाली कांग्रेस रुपन्देहीको आयोजनामा भैरहवामा पनि कांग्रेसले बिरोध प्रदर्शन भएकोे छ । सो अबसरमा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीहरुको नाईके भएको आरोप लगाए । ओली आफै भ्रष्टाचारमा संलग्न रहेको कारण भ्रष्टाचारीहरुलाई संरक्षण गरेको उनले आरोप लगाए ।
यस्तै सोही कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले अहिलेको नेकपाको झगडा सैद्धान्तिक झगडा नभई भ्रष्टाचारको रकम बाँडफाँड नमिलेकोले भएको दावी गरे ।
उनले सरकारले अहिले हरेक कार्यमा भ्रष्टाचार गरेको आरोप समेत लगाए । लेखा समितिका सभापति समेत रहेका उनले एकएक छानबिन गर्ने समेत बताए । नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकको अध्यक्षतामा सम्पन्न बिरोध सभामा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, रुपन्देही क्षेत्र नम्बर ४ का सांसद प्रमोद यादव, पूर्व सभासद ईश्तियाक अहमद खाँ, पूर्व जिल्ला सभापति रामचन्दै ढकाल लगायतले बोल्दै अहिलेको सरकार अधिनायकबादी भएको बताए ।
कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणको सञ्चालनमा भएको कार्यक्रममा उपसभापति सरिता चौधरीले स्वागत गरेकी थिईन । भैरहवाको बुद्धचोकबाट कांग्रेस कार्यकर्ताहरुले र्याली आयोजना गरि देवकोटा चोक, मिलन चोक, नारायणपथ हुदै पुनः बुद्धचोकमै आएर बिरोध सभामा परिणत भएको थियो ।
यी खबरहरु पनि पढाै :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)