Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रोटरी बुटवलको ३४ औं पदस्थापना, अध्यक्षमा यदुनाथ पाण्डेय

रोटरी बुटवलको ३४ औं पदस्थापना, अध्यक्षमा यदुनाथ पाण्डेय

  • 585
    SHARES

  • रोटरी बुटवलको ३४ औं पदस्थापना, अध्यक्षमा यदुनाथ पाण्डेय

    बुटवल,साउन ६ ।
    रोटरी क्लब अफ बुटवलको ३४ औ पद स्थापना कार्यक्रम सम्पन्न भएको छ ।

    एक समारोहका बिच वर्ष २०२५-२६ का अध्यक्ष कृष्ण पराजुलीले वर्ष २०२६-२७ का अध्यक्ष यदुनाथ पाण्डेयलाई पद हस्तान्तरण गरे । 
    कार्यक्रमको रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर ईलेक्ट प्रा.डा आईपी ढकालले उद्घाटन गर्दै रोटरी नेतृत्वलाई स्थानिय र विश्वब्यापी दुबै चुनौतीहरु आईरहेको बताए ।

    स्थानिय चुनौतीका रुपमा कम सदस्य, कमजोर क्लबहरु बढ्दै गएको भन्दै यस्ता क्लबको पहिचान गरि साथ र सहयोग गर्दै अघि लग्नजरुरी रहेको उनले बताए । यसैगरि समुदायस्तरमा रोटरीको बारेमा बुझाउन पहिलो सदस्यहरु नै ज्ञान लिने र अपडेट हुनु जरुरी रहेको उनले बताए । अर्कोतर्फ ग्लोबल चुनौतीको रुपमा रोटरीयन सदस्य घट्दो देखिएको उनले बताए ।

    विश्वब्यापी रुपमा क्लब कल्चरमा परिवर्तन ल्याउने, माईण्ड सेन्ट चेन्ज, विश्वासको भावना कायम गर्ने, आफना क्लबका सदस्यहरुलाई महत्व दिने जस्ता नया सोच र परिवर्तन रोटरीमा ल्याउन जरुरी रहेको उनले बताए ।
    कार्यक्रममा रोटरी वर्ष २०२६÷२७ का अध्यक्ष यदुनाथ पाण्डेयले आफ्नो ब्यक्तिगत जीवनका उतारचढाव र रोटरी यात्राबारे बताउदा भाबुक बने । आफनो कार्यकालमा क्लबबाट गर्ने वार्षिक योजना पेश गर्दै उनले स्थानिय सरकारसंग सहकार्य गरि विकास निर्माणमा अग्रसर रहेको बताए । क्लबलाई प्रविधिमैत्री बनाउन प्रशिक्षण, बनबाटिकामा एनिमल एम्बुलेन्स, मोबाईल आई क्लिनिक भ्यान हस्तान्तरण लगायत अभियान चलाउने प्रतिवद्घता समेत उनले जनाए । क्लब सदस्य संख्या वृद्धि गर्ने प्रतिवद्धता अनुसार कार्यक्रममा २५ जना नया सदस्य भित्राउन सफल भएका छन । यसैबिच नवनिर्वाचित अध्यक्ष पाण्डेयले बोर्डका पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको सपथ खुवाए । 
    कार्यक्रममा वर्ष २०२५२६ का अध्यक्ष कृष्ण पराजुलीले रोटरी नेतृत्व लिएसंगै ब्यक्तिगत र सामाजिक क्षेत्रमा धेरै सिकाई भएको बताए । उनले कार्यक्रममा बुबाआमा धर्मा–कौशिलाको स्मृतिमा १ लाख रुपैया बराबरको धर्मा–कौशिला गुरुकुलम छात्रवृत्ति स्थापनाको घोषणा गरे ।

    जसको ब्याज रकमबाट वार्षिक रुपमा गुरुकुल अध्ययन गर्ने विद्यार्थीलाई १० हजार रुपैया बराबर छात्रवृत्ति प्रदान हुने छ । आफनो कार्यकालमा वार्षिक कार्ययोजना अन्तरगत विभिन्न कार्यक्रमका संयोजक तथा बोर्डलाई उनले मायाको चिनो प्रदान गरे । 

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरभित्रका क्लबहरुसंग सहकार्य गरि सामुहिक विकासको योजना बनाउने आफु अग्रसर रहेको बताए ।

    नगरभित्र युवालक्षित शिक्षा, स्वास्थ्य, सीप, तालिम लगायतमा क्लबहरुको साथ र सहयोग साथै ठूला विकासका योजनामा समेत परिणाममुखी लगानीको वातावरण बनाउन उनने आग्रह गरे । 
    कार्यक्रममा क्लबका एसाईन एजी ओम जैसी, डिष्ट्रिक सचिव लक्ष्मण ज्ञवाली, प्रेसिडेन्ट काउन्सिल चेयर कृष्ण प्रसाद अर्याल, आरसि चितवनका अध्यक्ष गेहेन्द्र श्रेष्ठ, आरसि पाल्पाका संस्थापक अध्यक्ष गोपाल पोखरेल, अध्यक्ष पाण्डेयका सुपुत्र करुण पाण्डेय र क्लबका सचिव दिवाकर घिमिरेले रोटरी अभियान र यसबाट भएका विविध कार्यक्रमहरुको बरेमा चर्चा गरेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, श्रावण ६ २०८३०१:१२:०२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology