दाङ,मंसिर २९।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आठ महिनादेखि सदन बन्द भएको प्रति चिन्ता जाहेर गर्नुभएको छ ।सोमवार दाङको घोराहीमा विरोध सभालाई सम्वोधन गर्दै पूर्व मन्त्री गिरीले नेकपाको दूई तिहाई बहुमतको सरकारमा लोकतन्त्र बन्धक बनाउने षडेन्त्र भइरहेको तर्क गर्नुभयो ।
उहाँले आठ महिनादेखि संसद बन्द गरेर प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट सिंहदरबार नगएर अधिनायकबादी चरित्र देखाएको आराेप लगाउनुभयो ।केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धडपकड र आक्रमणको निन्दा गर्नुभयो । उहाँले बरिष्ठ रामचन्द्र पौडेलमाथि आक्रमण गर्ने यो सरकारले तपाँई हामीलाई समेत बाँकी नराख्ने हुँदा केपी ओलीको विकल्प खोज्नु जरुरी रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले काँग्रेसलाई नजिस्काउन चेतावनी दिनुभयो । तत्कालिन राजाले गिरिजाबाबुलाई तर्साउन खोजेपछि काँग्रेसले दूई सय चालिस बर्षको राजतन्त्र फाँकी दिएको इतिहास स्मरण गराउँदै काँग्रेसले चाहेमा केपी ओलीको पतन जतिबेला पनि हुन सक्ने बताउनुभयो ।
बक्ताहरुले प्रधानमन्त्री असक्षम भइसकेको हुँदा कुर्सीमा बसिरहने नैतिकता गुमाई सकेको बताएका छन् । उनीहरुले देशमा भ्रष्टचार व्याप्त बनेको, कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार निहरी सावित भएको जस्ता तर्कपनि गरेका थिए ।
यी खबरहरु पनि पढाै :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)