Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यती एअरलाइन्स दुर्घटना : २४ जनाको पोखरा र ४५ जनाको शव काठमाडौंमा पोष्टमाटम गरिने

यती एअरलाइन्स दुर्घटना : २४ जनाको पोखरा र ४५ जनाको शव काठमाडौंमा पोष्टमाटम गरिने

  • 1.8K
    SHARES

  • यती एअरलाइन्स दुर्घटना : २४ जनाको पोखरा र ४५ जनाको शव काठमाडौंमा पोष्टमाटम गरिने

    पोखरा,माघ २ ।

    पोखरा पुगेको विशेषज्ञ टोलीले शव परीक्षण गर्न नसकिने भएपछि ४५ जनाको शव काठमाडौं लग्ने निर्णय गरेको छ ।र्घटनामा ६९ जनाको शव भेटिएको छ । 

    शव पहिचान र परीक्षणका लागि विशेष टोलीको निर्णयअनुसार २४ जनाको शवको पोखरामै गरिने भएको हो ।  ३४ जनाको सनाखत भएको भएपनि १० जनाको काठमाडौं लगेर पोष्टमाटम गरिने स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।विदेशीहरूको शव पहिचान भएपनि पोखरामा गरेको नहुँदा काठमाडौं लैजानुपरेको भारतबाट शव लिन आइपुगेका एक आफन्तले बताए ।

    आइतबार यती एअरलाइन्सको ‘एन–एएनसी’ विमान सेती खोँचमा खसेको थियो । 

    प्रतिष्ठानका अनुसार त्रिभुवन पौडेल, निशान्त आचार्य, जीवनकला गुरुङ, प्रसिद्धि पौडेल, पुजन राना, पूर्णबहादुर गुरुङ, अरुण पौडेल, संगिता शाही, सदाकत अलिमिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, समिन गुरुङ, शालिकराम आचार्य, डा. गनेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सन्दिप श्रेष्ठ, अनुशा गुरुङ, शिवकुमार गुरुङ र सविर्ण श्रेष्ठको शव पोखरामै परीक्षण गरिने छ ।

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology