पोखरा,माघ १ ।
यति एयरलाईन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान पुरानो विमानस्थल नजिकै दुर्घटना भएको बताइएको छ ।
६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त भएको हाे । स्थानीयहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
अहिलेसम्म १० जनाको शव फेला परेको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुर्घटना भएको पुष्टि गर्दै विस्तृत विवरण आइनसकेको बताएका छन्।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)