Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पत्रकार त्रिभुवन पौडेलको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु

पत्रकार त्रिभुवन पौडेलको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु

  • 2.1K
    SHARES

  • पत्रकार त्रिभुवन पौडेलको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु

    काठमाडौं,माघ १।

    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएको छ ।

    उनको मृत्युप्रति नेपाल पत्रकार महासंघले विज्ञप्तिमार्फत स्तब्ध भएको जनाएको छ । आज बिहान काठमाडौंबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त भएको थियो । 

    पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य थिए । २०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पत्रकार पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा रही योगदान दिएका थिए ।

    पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रीन्जरका रूपमा काम गरेका थिए । विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशक तथा सम्पादकका रूपमा कार्यरत थिए । स्वर्गीय पौडेलका आमा, श्रीमती र एक छोरा छन्


    उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको महासंघको विज्ञप्तिमा उल्लेख छ । कास्की जिल्लाबाट पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाएका पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको पनि विज्ञप्तिमा उल्लेख छ । 

    महासंघले स्वर्गीय पौडेलसहित विमान दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । यसैबीच आइतबार नै नेपाल पत्रकार महासंघ उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठक बसेको छ ।  महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको बैठकले  पौडेलको निधनमा महासंघ केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology