Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यति एयरलाइन्सको विमान दुर्घटना अपडेट : ४० जनाको शव फेला

यति एयरलाइन्सको विमान दुर्घटना अपडेट : ४० जनाको शव फेला

  • 2.1K
    SHARES

  • यति एयरलाइन्सको विमान दुर्घटना अपडेट : ४० जनाको शव फेला

    काठमाडौँ,माघ १ ।

    यति एयरलाइन्सको विमान दुर्घटनामा परेका ४० जनाको शव भेटिएको छ ।

    आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो । पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोँचबाट ४० जनाको शव निकालिएको प्रहरीले जनाएको छ । विमानमा ६८ यात्रु सवार थिए ।

    दुर्घटनास्थलबाट निकालिएको शव पोखरास्थित गण्डकी अस्पतालमा राखिएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए । नागरिक उड्ययन प्राधिकरणका अनुसार विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रशियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए ।  

    विमानमा ४ जना चालक दलका सदस्य थिए । प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आलेमगर सवार थिए ।  पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ।  


    विमानमा सवार यात्रुहरुको नामावलीः
    नेपाली यात्रुः
    किसान आचार्य
    निशान्त आचार्य
    शालिगराम आचार्य
    सडकात अलिमिया
    पूर्ण बहादुर गुरुङ
    जितेन्द्र बहादुर कुँवर
    एलिना बन्ड्रो
    अनिशा बानियाँ
    स्लक भट्ट
    निरा छन्त्याल
    आशिमा गुरुङ
    अनुशा गुरुङ
    बेलमान गुरुङ
    विजयकुमार गुरुङ
    जीवनकला गुरुङ
    माया गुरुङ
    लक्कि गुरुङ
    शिवकुमार गुरुङ
    सिता गुरुङ
    यमुना गुरुङ
    यास्मिन गुरुङ
    रविन हमाल
    सन्जय जैसवाल
    सोनु जैसवाल
    रचना काफ्ले
    सीता कुमारी खड्का
    अनिल कुमार राजभार
    भगवती कुँवर
    अविशेक कुश्वाह
    ओम माया गुरुङ
    सुस्मा पाण्डे
    हरि परियार
    लक्ष्मी परियार
    रिता परियार
    अरुण पौडेल
    लक्ष्मी पौडेल
    प्रसिद्धि पौडेल
    त्रिभुवन पौडेल
    पोजन राना
    सविना रायमाझी
    राजन सापकोटा
    अनिल शाही
    संगिता शाही
    जमुना शर्मा
    विशाल शर्मा
    युवराज शर्मा
    मोहन श्रेष्ठ
    डा. शोना दिवाकर
    बन्दना सुनार
    राजुसिंह ठकुरी
    चुर्ण थापा
    गणेश थापा
    लवराज तिमिल्सिना
    को-को थिए विदेशी यात्रु ?
    मेरोल लभ
    आयूरी ल्यागीन
    भिक्टर ल्यागीन
    जेनितसन्डरा पालाभेकिनो
    भिक्टोरिया अतुनिना
    इलिना बण्डुरो
     रुअनकालुम क्रिघ्टोन
    एलेक्जेण्डर आइरिडोरे
    शिशुहरु :
    कृष परियार
    प्रसिद्धी पौडेल
    आयुर्दि शर्मा
    बेबी शर्मा
    अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

     

    yeti-notice2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology