Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल जेसिजको जेसिज सप्ताह शुभारम्भ

बुटवल जेसिजको जेसिज सप्ताह शुभारम्भ

  • 1.7K
    SHARES

  • बुटवल जेसिजको जेसिज सप्ताह शुभारम्भ

    बुटवल,साउन २१ । 

    बुटवल जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२२ को समुदघाट्न समारोह आज एक कार्यक्रमका  बीच जेसिज सचिवालय बुटवलमा सम्पन्न भएको छ ।

    बुटवल जेसिज बर्ष २०२२ का अध्यक्ष चन्द्रमणि भुसालको अध्यक्षतामा सम्पन्न समुदघाट्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सार्बजनिक लेखा समितिका सभापति बिष्णु पन्थीले अहिलेको युवा समुदायलाई नेतृत्व बिकाससगै  समाज निर्माण र युवाहरूलाई सत्कर्ममा लगाउनलाई जेसिजले ठुलो भुमिका खेलेको बताउदै यस्तो कार्यलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।

    समुदघाट्न कार्यक्रममा बुटवल  जेसिजका नव प्रबेशी २५ जना सदस्यहरुलाई सपथ ग्रहण गराइ जेसिज पिन प्रदान गरिएको थियो भने  कार्यक्रममा विशिष्ट अतिथि तथा प्रमुख प्रशिक्षक  नेपाल जेसिजका पुर्ब रास्ट्रिय अध्यक्ष श्रीधर बस्यालले जेसिज कल्चर सम्बन्धि तालिम प्रदान गर्नुभएको थियो ।

    बुटवल जेसिजका अध्यक्ष चन्द्रमणि भुसालले स्वागत मन्तव्य दिदै जेसिज सप्ताहमा संचालन हुने सम्पूर्ण  कार्यक्रमको जानकारि र उदेश्यमाथी प्रकाश पार्नुभएको थियो ।  हरि बिक्रम कुवरको आस्था पाठ , बुटवल महिला जेसिजका अध्यक्ष अनुपमा श्रेष्ठ र बुटवल जेसिजका पुर्ब अध्यक्ष तथा पुर्ब रास्ट्रिय अध्यक्ष अनुपमान सैजुको सुभकामना मन्त्ब्य तथा कानुनी सल्लाहकार बिनोद घिमिरे , जेसिज सप्ताह मुल संयोजक चन्द्रकान्त डुम्रे लगायतले भनाइ राख्नुभएको थियो भने  कार्यक्रमको संचालन  महासचिव मोहन न्यौपानेले गर्नुभएको थियो ।

    कार्यक्रममा बुटवल जेसिजका पुर्ब अध्यक्षहरु , छिमेकी शाखाका अध्यक्ष तथा प्रतिनिधिहरु , बोर्डका पदाधिकारीहरु , जेसिज सदस्यहरु , नव प्रवेशि सदस्यहरु लगायतको उपस्थिति रहेको बुटवल जेसिजका मिडिया संयोजक आबिश्कार खनालले जानकारी दिनुभयो ।

    यी खबरहरु पनि हेराैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology