बुटवल,फागुन १४ ।
लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले मानवीय कार्य समाजसेवाको महत्वपूर्ण अंग भएको बताएका छन् । उनले सामुहिक प्रयासबाट नै सामाजिक कार्य सफल हुने भन्दै उनले बुटवलको प्राइम लोकेसनको सदुपयोग हुन नसकेको गुनासो गरे ।
‘लगानीको प्रतिफल उठांउन बुटवलमा धेरै समय लाग्दैन,यो प्राइम लोकेसन हो,यहांको लगानीले सान पनि मान पनि पाइन्छ,खुलेर लगानी गर्नुस् ।’
बुटवल जेसिजको नवनिर्मित भवनको बिहिबार उद्घाटन गर्दै उनले बुटवलको भविश्य र संचावना बलियो भएको दाबि गरे ।
उनले नीजि क्षेत्रका ब्याक्तिहरुलाइ मन खोलेर लगानी गर्न समेत आग्रह गरे । ‘बुटवलमा बिजनेश गरौं,तर बसाइ बुटवल बाहिर छेउछांउमा बसाैँ’ उनले भने ।रुपन्देही बिकासको काममा अग्रसरता र समर्पण देखाउन उनले नीजि क्षेत्रलाइ आग्रह गरे ।
लुम्बिनी प्रदेश सरकारले यो क्षेत्रलाइ पर्यटकीय राजधानी बनाउन चाहेको भन्दै आन्तरिक पर्यटकका लागि यथेष्ट होटल भएपनि सभ्रान्तबर्गका लागि भने अझै होटल तथा अन्य पूर्वाधार नभएको दाबि गरे ।
सो अबसरमा बोल्दै बुटवल जेसिजका पूर्व अध्यक्ष तथा भवन निर्माण समितिका संयोजक जगतबहादुर पोखरेलले जेसिजको इतिहास र बर्तमान अवस्थासम्म आइपुग्दाका अनुभवहरु समेत सुनाए ।
उनले सबैको सहयोगमा बुटवल जेसिजको भवन निर्माण गर्न सकिएको भन्दै सबैमा आभार ब्यक्त गरे । कार्यक्रममा प्रदेश सांसद भाेजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरका प्रमुख शिबराज सुवेदी,पूर्व अध्यक्ष अनुपमान सैँजू लगायतले बाेलेका थिए । साे अवसरमा भवन निर्माणका लागि सहयोग पुर्याउने सबै दाताहरु त्था सहयोगीहरुलाइ सम्मान गरिएको छ भने स्मारिकाको समेत बिमोचन गरिएको थियो । 
कार्यक्रम बुटवल जेसिजका अध्यक्ष गाेपाल चापागाईको अध्यक्षता तथा मनाेज भट्टराइको संचालनमा भएको थियाे।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)