Logo बिहिवार, आश्विन १ गते २०८३
images

 आर्थिक ऎन २०७९ बारे बुटवल जेसिजको अन्तरक्रिया

 आर्थिक ऎन २०७९ बारे बुटवल जेसिजको अन्तरक्रिया

  • 2.7K
    SHARES

  •  आर्थिक ऎन २०७९ बारे बुटवल जेसिजको अन्तरक्रिया

    बुटवल,असार १३।

    बुटवल जेसिजको आयोजनामा  आर्थिक ऎन २०७९, अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुटवल जेसिज बर्ष २०२२ का अध्यक्ष चन्द्रमणि भुसालको अध्यक्षतामा कार्यक्रम भएको हाे  ।

    साे अवसमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष सिए प्रेम भुर्तेल र नेपाल  एकाउन्टेन्ट संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष सिए सगुन खनालले प्रशिक्षण दिएका थिए ।

    उक्त कार्यक्रममा प्रशिक्षकद्वयले आर्थिक बर्ष २०७९-८० को बजेटमा समेटिएका विषय, करको दायरा , आर्थिक ऎन लगायतका विभिन्न बिसय बस्तुमा प्रकाश पार्दै सहभागी हरुले उठाएका जिज्ञासाहरु मेट्ने प्रयास गर्नु भएको थियो ।

    बुटवल उद्याेग बाणिज्य संघका पुर्ब अध्यक्ष एव बुटवल जेसिजका पुर्ब अध्यक्ष तथा सल्लाहकार  नवराज श्रेष्ठ , बुटवल उद्याेग बाणिज्य संघका महासचिवमा  एव बुटवल जेसिजका पुर्ब अध्यक्ष तथा  सल्लाहकार बिमलराज भट्टराई , नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष रामकृष्ण चापागाई, रुपन्देही ब्यापार संघका निवर्तमान अध्यक्ष यमलाल लोहनी ,बुटवल जेसिजका पुर्ब अध्यक्ष एवं  बोर्ड अफ ट्रष्टिजका अध्यक्ष बिन्ध्याकेशर जोशी , पुर्ब अध्यक्ष एव सल्लाहकारहरु मथुरा पिया , दिनेश कुमार श्रेष्ठ ,राजु पौडेल   पुस्तक व्यावसायीहरु, बुटवल जेसिज बोर्डका पदाधिकारी तथा सदस्यहरु , विभिन्न संघ सस्थाका प्रतिनिधिहरु , शिक्षक , बिद्यार्थीहरु  लगायत करिव १२० जनाको  सहभागीता रहेको बुटवल जेसिजका मिडिया संयोजक आबिस्कार खनालले जानकारी दिनुभयो ।

    कार्यक्रम महासचिव मोहन न्यौपानेको संचालनमा  भएको थियो ।butwal jesis.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology