बुटवल,बैसाख ११ ।
बुटवल जेसिज बर्ष २०२२ को आयोजनामा संसदीय प्रणाली तालिम सम्पन्न भएको छ।तालिम नेपाल जेसिजका प्रशिक्षक जेसीआई सिनेटर राजाबाबु शाहको पूर्ण प्रशिक्षणमा संसदीय प्रणाली तालिम सम्पन्न भएको हो ।
नेपाल जेसीजवर्ष २०२२का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र भएको थियो भने तालिमको समापन समारोहमा राजकिय बौद्रबिहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्मको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बुटवल जेसीजका पुर्व अध्यक्ष तथा सल्लाहकार लालहरी पाण्डे , जेसीआई सिनेटर राजेन्द्र घिमीरे, नरदेब न्यौपाने तथा सहभागीशाखाको तर्फबाट जेसीआई भलवारी जेसीजका अध्यक्ष किसोर पंगेनी,जेसीआई सुनवलका अध्यक्ष मुनाकुमारी थापा,जेसीआई रामग्रामका अध्यक्ष अनिलकुमार उपाध्याय लगायतले बोल्दै परीवर्तित आरओएनआरका वारेमाबुझने ठुलो अबसर प्राप्त भएको बताए।
तालिममा छिमेकी शाखाहरु भलवारी जेसीज,रामग्राम जेसीज,सुनवल जेसीज,सैनामैना जेसीज, सिद्रार्थ लेडी जेसीज, तिलोत्तमा जेसीज,शुद्धाेधन जेसीज लगायतका शाखाका अध्यक्षहरुको सहभागीता रहेको थियो । तालिमको अध्यक्षता बुटवल जेसीजका अध्यक्ष चन्द्रमणी भुसालले गरेका थिए ।
बुटवल जेसीजका संयाेजक बिक्रम क्षेत्रीको संयोजकत्वमा सञ्चाली उक्तदुई दिने तालिमम प्रमुख प्रशिक्षक सिनेटर राजाबाबु शाहले शैद्धान्तिक तथा ब्यबहारिक अभ्यास गराइएको बुटवल जेसीजका महासचिब मोहन न्यौपानेले जानकारी दिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)