Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल जेसिजको सप्ताह : खाद्यान्न वितरणदेखि साईबर क्राईम सचेतनासम्म

बुटवल जेसिजको सप्ताह : खाद्यान्न वितरणदेखि साईबर क्राईम सचेतनासम्म

  • 2.0K
    SHARES

  • बुटवल जेसिजको सप्ताह : खाद्यान्न वितरणदेखि साईबर क्राईम सचेतनासम्म

    बुटवल,साउन २० ।

    दीगो विकास लक्ष्य कार्यक्रमलाई सघाउन बुटवल जेसिजले सप्ताहव्यापी रुपमा जेसिज सप्ताह मनाउने भएको छ ।  हरेक वर्ष वार्षिक कार्यक्रम अन्तर्गत मनाउने सप्ताह शनिवारदेखि शुरू हुने बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।

    जेसिजका वर्ष २०२२ का अध्यक्ष चन्द्रमणी भुसालले सरकारले अगाडी सारेको दीगो विकास लक्ष्य कार्यक्रमलाई सघाउ पुग्ने गरि जेसिजले पनि युवाहरुको नेतृत्व क्षमता विकाससंगै हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । 

    सप्ताहव्यापी कार्यक्रम अन्तर्गत खाद्यान्न वितरण, फलफूलका वृक्षरोपण, रक्तदान, दन्तशिवीर, आंखा जांच, साईबर क्राईम विरुद्ध सचेतनामुलक अन्तर्कृया लगायतका कार्यक्रम आयोजना गरिएको जेसिजका मिडिया संयोजक आविश्कार खनालले जानकारी दिनुभयो ।

    ४९ वर्ष अगाडी स्थापना भएको बुटवल जेसिजले स्थापना कालदेखि नै युवानेतृत्व विकास, रक्तदान, सरसफाई, स्वास्थ्य शिवीर, दैवीप्रकोप प्रभावितहरुलाई राहत, विपन्न बर्गका समुदायलाई खाद्यान्न सहयोग लगायतका कार्यक्रम गर्दै आएको छ ।

    सो अवसरमा जेसिजका महासचिव मोहन न्यौपाने, कार्यक्रम संयोजक चन्द्रकान्त डुम्रे, कानुनी सल्लाहकार विनोद घिमिरे,कोषाध्यक्ष केशव श्रीस लगायतले जेसिज अभियानको बारेमा जानकारी दिनुभएको थियो ।

    यी खबरहरु पनि हेराैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology