बुटवल, बैशाख १० ।
नमन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल-९ को आधारभुत सहकारी शिक्षा तालिम तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि संस्थाका सल्लाहकार सफिर मियाले सहकारीले बचत गर्ने बानिको बिकास हुने हदा आर्थिक समृद्धिमा टेवा पुर्याउने बताएका थिए । युवाहरूको सहकारी प्रतिको आकर्षण बढ्नु भनेको राम्रो कुरा भएको बताए ।
कार्यक्रममा सहकारीका अध्यक्ष प्रकाश खनाल , उपाध्यक्ष केशब पोख्रेल र कोषाध्यक्ष दिपक आचार्यले सहजिकरण गरेका थिए । कार्यक्रममा संस्थाको भित्तेपात्रोको बिमोचन पनि गरिएको थियो ।
सहकारीका अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहकारीको कार्यसमिति सदस्य कल्पना डुम्रे र संचालन सचिव जितु रानाले गरेका थिए ।
सहकारीका योजना तथा अनुगमन उपसमिति सदस्य रूपचन्द्र सारूले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संयोजन भने बिमल भट्टराईले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)