Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल उद्योग बाणिज्य संघमा मतदान शुरु,कस्का मतदाता कति ? (फाेटाेफिचर)

बुटवल उद्योग बाणिज्य संघमा मतदान शुरु,कस्का मतदाता कति ? (फाेटाेफिचर)

  • 5.7K
    SHARES

  • बुटवल उद्योग बाणिज्य संघमा मतदान शुरु,कस्का मतदाता कति ? (फाेटाेफिचर)

    बुटवल,फागुन १३- 

    बुटवल उद्योग बाणिज्य संघमा मतदान शुरु भएको छ ।  वरिष्ठ उपाध्यक्ष उज्वलप्रसाद कसजु र बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल अध्यक्ष बन्न चुनावी मैदानमा छन् ।

    संघको २४ औं महाधिवेशन अन्तर्गत बिहान ९ बजेबाट मतदान शुरु भएको छ । संघमा १६१३ जना मतदाता छन् । निर्वाचन प्रकृयामा एकल मनोनयन भएपछि संघको वरिष्ठ उपाध्यक्षमा  दिनेशप्रसाद श्रेष्ठ,उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे,बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल र  महासचिवमा बिमलराज भट्टराई बिजयी भैसकेका छन् ।ujjal kasaju.jpg

    एशोसियट सदस्यमा आनन्दप्रसाद वझा , ४ जना बाणिज्य सदस्यमा काशीराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल बिजयी भए भने ४ जना रहने उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु र  संजय कलवार जयसवाल बिजयी भए । 

    संघको कोषाध्यक्षमा नविन श्रेष्ठ र भेषराज गैरे मैदानमा छन् भने सचिव पदमा भने ४ जनाको उम्मेदवारी परेको हो तर अहिले सचिवमा बाबुराम विक, मुक्तिप्रसाद अधिकारी र सुर्यप्रसाद पराजुली ३ जनामात्रै मैदानमा छन् ।team.jpg

    खुल्लातर्फको ७ जना सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, गणेशचन्द्र पोखरेल, इर्साद आलम मिया, जाकिर हुसेन, जानकी नेपाल, कृष्ण श्रेष्ठ कुलप्रसाद, माधवप्रसाद भुसाल, मोह्मद जमिल खान, सवर मिया, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र तुलसीराम खनालको उम्मेदवारी परेको हो ।chunab a.jpgo.jpgchunab.jpgw.jpg

    त्यस्तै महिला तर्फको २ सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा जमुना पौडेल, मीना प्रधान, नमकला वेलवासे र सुनिता शर्मा बञ्जाडेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।  

    यी समाचारहरु पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology